PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ, सहयोगको आरोपमा सासु पनि हिरासतमा



राधेश्याम पटेल

नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ, सहयोगको आरोपमा सासु पनि हिरासतमा
प्रतीकात्मक तस्वीर

वीरगंजः पर्साको धोविनी गाउँपालिकाको वडा नम्बर २ भिखमपुरबाट झुठा विवरण पेस गरी नागरिकता बनाउन खोज्ने भारतीय नागरिक दिनेश राउत कुर्मी पक्राउ परेका हुन्। कुर्मीसँगै उनकी सासु रम्भा देवी पनि पक्राउ परेकी छिन्। कुर्मी भारतको विहार पश्चिम चम्पारण बेतियाका स्याथी बासिन्दा भएको खुलेको छ।

नागरिकता बनाउन वडा कार्यालयको सिफारिस लिने क्रममा विशेष सुराकका अधारमा इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले कुर्मीलाई पक्राउ गरेको हो। ससुरालीमा बस्दै आएका कुर्मी सासु रम्भा देवीको नक्कली छोरा बनेर नागरिकता लिन वडा कार्यालय पुगेको वडाध्यक्ष ललनप्रसाद कुर्मीले बताए।

पक्राउ परेका कुर्मीले मोती राउत कुर्मीको नामले भारतीय परिचयपत्र लिएको प्रहरीले जनाएको छ। ज्वाइँ सासु दुबैलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell