PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘मिसेस् एसिया प्यासिफिक’मा नेपालको प्रतिनिधी गर्दै गोमा र विन्दु



पहिलोपोस्ट

‘मिसेस् एसिया प्यासिफिक’मा नेपालको प्रतिनिधी गर्दै गोमा र विन्दु

काठमाडौं: अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस् एसिया प्यासिफिकमा नेपालले पनि सहभागिता जनाउने भएको छ। लुमेरी इन्टरनेसनलको आयोजनामा हुने मिसेस एशिया प्यासिफिक ब्युटी प्याजेन्ट २०१८ मा नेपालको तर्फबाट गोमा अधिकारी र विन्दु लामाले प्रतिनिधित्व गर्ने भएका हुन्।

प्रतियोगिता अन्तर्गतको मिसेस एसिया प्यासेफिक ग्लोबलमा गोमा अधिकारी र मिसेस् एशिया प्यासेफिक इन्टरकन्टिनेन्टलमा विन्दु लामाले ग्लोबल मिसेस सुन्दरीहरुसित प्रतिस्पर्धा गर्न लागेका हुन्।

गोमा र विन्दु दुवै जनाको सहभागिताको अवसर र व्यवस्थापन अमेजन ईन्टरटेन्मेन्टले र संयोजन नेपालका लागि ड्रिम सर्च एजेन्सीले गरेको हो।

आगामी मार्च २४ मा मलेसियास्थित कन्ट्रि गार्डेन फोनिक्स होटलमा संचालन हुने मिसेस् एशिया प्यासेफिक ग्लोबल प्रतियोगिताको पाँचौ संस्करण हो। उक्त कार्यक्रमका लागि जाने दुबै प्रतियोगी अमेजन इन्टरटेन्मेन्टको आयोजनामा भएको पाचौं संस्करणको मिसेस हिमालयन नेपाल २०१८ का विजेता र उपविजेता हुन्। प्रतिनिधि गोमा अधिकारी मिसेस् हिमालयन २०१८ का विजेता हुन्। उनले प्रतिस्पर्धामा वेष्ट पर्सनालिटी र वेष्ट ड्रेस विधाको अवार्ड पनि जितेकी थिइन्।

मिसेस् एसिया प्यासेफिक इन्टर कन्टिनेन्टल २०१८ मा सहभागि हुने नेपाली प्रतिनिधि विन्दु लामा मिसेस् हिमालयन २०१८ का फस्ट रनर अप हुन्। उनले प्रतिस्पर्धामा मिसेस ईन्टिलिजेन्ट अवार्ड जितेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell