PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सद्दे खुट्टामा अप्रेसन गर्ने दुई डाक्टरलाई १ महिना निलम्बन



सागर बुढाथोकी

सद्दे खुट्टामा अप्रेसन गर्ने दुई डाक्टरलाई १ महिना निलम्बन

काठमाडौं : गलत रुपमा सल्यक्रिया गर्ने नर्भिकका डाक्टरलाई एक महिना निलम्बन गर्ने निर्णय भएको छ।

देब्रे खुट्टाको साटो विरामीको दाहिने खुट्टामा सल्यक्रिया गर्ने दुई डाक्टरलाई नेपाल मेडिकल काउन्सिलले एक महिना निलम्बनमा राख्ने निर्णय गरेको छ। काउन्सिलको इथिकल कमिटीले यस्तो निर्णय गरेको प्रवक्ता डाक्टर कृष्ण अधिकारीले बताए।

नर्भिक अस्पतालमा कार्यरत दुई डाक्टर प्रविण नेपाल र शैलेश रन्जितकारले गत ११ गते चितवनकी बिन्दु पौडेलको गलत अपरेसन गरेका थिए। सो घटना सार्वजनिक भएलगत्तै काउन्सिलले प्रारम्भीक छानविन गरी लापर्वाही गर्ने डाक्टरलाई नछोड्ने बताएको थियो।

कसैले उजुरी नगरे पनि घटना गम्भीर देखेपछि आफैले छानविन गरेर कारवाही गरेको डाक्टर अधिकारीले जानकारी दिए। उनले भने, 'छानविन अझै सकिएको छैन। पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई १ महिना मेडिकल प्राक्टिस गर्न नपाउने गरी यस्तो निर्णय गरेका हौं।'

हिँडेर अस्पताल पुगेकी बिन्दुको डाक्टरले सद्दे खुट्टाको अपरेसन गरेपछि फेरि अर्को खुट्टाको अपरेसन गरिएको थियो। 

डाक्टरले लापरवाही गरेपछि अस्पतालले बिरामीसँग ४ बुँदे सहमति गरेको थियो। भविष्यमा आउने दुइवटै गोडाको समस्या र नसाको उपचार निःशुल्क गर्ने, नर्भिकमा उपचार सम्भव नभए अन्य अस्पतालमा तथा विदेशमा लगेर समेत उपचार गराउन अस्पताल मन्जुर भएको थियो।

डा प्रवीण नेपाल र शैलेज रन्जितकारले भूलवश अपरेसन अर्कै खुट्टामा हुन गएको भन्दै गल्ती स्वीकार गरेका थिए।

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष धर्माकान्त बास्कोटा अहिलेको अवस्थामा कारबाहीको दुई वटामात्र व्यवस्था भएको बताउँछन्- ‘पहिलो— सचेत गराउने। दोस्रो अधिकतम २ वर्षसम्म लाइसेन्स खारेज गर्ने। यी बाहेक कुनै प्रावधान छैन।'

सम्बन्धित समाचार :
जस्तै लापरवाही गर्दा पनि डाक्टरको लाइसेन्स दुई वर्षसम्ममात्रै रद्द, 'ज्यानै गए पाँच सय जरिवाना'

नर्भिकको लापरवाही: हुनुपर्ने देब्रे खुट्टाको, गरे दाहिने खुट्टाको अपरेसन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell