PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सिल्भर जुब्लीमा रेखा शाहको एकल कन्सर्ट सम्पन्न



पहिलोपोस्ट

सिल्भर जुब्लीमा रेखा शाहको एकल कन्सर्ट सम्पन्न

काठमाडौं: गायिका रेखा शाहले पहिलो एकल गायन कार्यक्रम सम्पन्न गरेकी छिन्। २०४९ सालमा रेडियो नेपालले आयोजना गरेको देशव्यापि लोकगीत गायन प्रतियोगीतामा प्रथम स्थान प्राप्त गरेको उनको पहिलो गीत ‘सिमसिमे पानीमा’ गाएको २५ वर्ष पुगेको अवसरमा उनले एकल गायनसँगै सिल्भर जुब्ली वर्ष मनाएकी हुन्।

होटल याक एण्ड यतिमा रेखा शाह फाउन्डेसनद्वारा आयोजित समारोहलाई महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय थममाया थापाले उद्घाटन गरेकी थिइन्। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा शक्ति समूह नेपालकी संस्थापक सदस्य चरिमाया तामाङ र बरिष्ठ गायिका तारा थापालाई ताम्रपत्रसहित जनही नगद सम्मान समेत गरिन्। 

एकल गायन कार्यक्रममा सिमसिमे पानीमाका अलवा एक दिन तिमी फर्कि आउनेछौ, तिमीलाई केही, सइँको घर काँ हो काँ लगायतका आफ्ना गीत र नारायणगोपाल, तारादेवी, अरुणा लामा, डेजी बराइली, प्रेमध्वज प्रधान, उषा मंगेशकर, ज्ञानु राणाजस्ता अग्रज कलाकारका गीतहरु प्रस्तुत गरेकी थिइन्।

द लिजेन्ड व्याण्डले वाद्यवादनमा साथ दिएको सो कार्यक्रममा गीतकार किरण खरेल, संगीतकार न्ह्यू बज्राचार्य, कवि गीतकार विप्लव प्रतीक र नायिका करिष्मा मानन्धरले गायिका शाहलाई शुभकामना मन्तव्यसहित गायकी जीवनको रजत वर्षको शुभकामना दिएका थिए। 

शास्त्रीय संगीतमा सिनियर डिप्लोमा अध्ययन गरिरहेकी उनले द लाइन, आकृति, स्मृतिजस्ता एल्वमहरु प्रकाशन गरेकी छिन् । ‘तिमीलाई केही हुँदै नहोस्’, ‘एक दिन तिमी फर्कि आउनेछौ’, ‘नजिक छौ तिमी’, ‘तिमी बिना म एक्लै’, ‘पोखूँ भने’ लगायतका उनका गीत चर्चित छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell