PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

'भोर'को टिजरमा दाइजो प्रथाको कथा



पहिलोपोस्ट

'भोर'को टिजरमा दाइजो प्रथाको कथा

काठमाडौं: फिल्म 'भोर' टिजर रिलिज भएको छ। यादवकुमार भट्टराई निर्देशित फिल्मको सार्वजनिक टिजरमा दाइजो प्रथाले निम्त्याएको समस्या र पीडा झल्काइएको छ। फिल्मको टिजरले 'झोर'ले मौलिक तथा सामाजिक कथा उठाएको प्रष्ट पार्छ।

जनकपुरमा छायाँकन गरिएको फिल्ममा मुख्यतः मिथिलाञ्चलमा समस्याको रुपमा स्थापित दाइजो प्रथाको कथा बोल्छ।

आधुनिक युग भनिएपनि आहिलेसम्म दाइजोको कारण लिङ्ग पहिचान गरेर छोरीको भ्रुणमै हत्या हुने, जति पढायो उति नै बढि दाईजो दिनुपर्ने भएका कारण नारीहरु शिक्षाबाट बन्चित भइरहेका जस्ता यथार्थ तथ्य सर्वविदितै रहेको भन्दै दाइजोलाई मानव हिंसाको संज्ञा दिएका निर्देशक भट्टराईले यो प्रथा समाजबाट निर्मुल पार्ने महाअभियानको रुपमा 'भोर'लाई लिएका छन्।

आगामी बैशाख २१ लाई प्रदर्शन मिति तय गरेको फिल्मको केहि दिन पहिले पोस्टर रिलिज गरिएको थियो। मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको फिल्ममा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी चौधरी, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायत लिड रोलमा छन्। फिल्मका सबैजसो कलाकार स्थानिय छन्, जहाँ नाट्य धुन्धुरदेखि नयाँ अनुहारसम्म अटाएका छन्। किसन अर्याल मुख्य सहायक निर्देशक रहेको फिल्मलाई दिपक बज्राचार्यले खिचेका हुन्। फिल्मको कथा कृष्ण धारावसीले लेखेका हुन् भने पटकथा निर्देशक भट्टराईको नै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell