PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ठमेलमा क्यूएफएक्सको नयाँ हल



पहिलोपोस्ट

ठमेलमा क्यूएफएक्सको नयाँ हल

काठमाडौं: काठमाडौंमा नयाँ क्यूएफएक्स सञ्चालनमा आएको छ। ठमेलमा स्थापित छायाँ सेन्टर क्यूएफएक्स सिनेमाको लन्चसँगै सुरु भयो। विहीबार हलिउड फिल्म 'रेड स्प्यारो'को नेपाल प्रिमियरसँगै छायाँ सिनेमा नाम दिइएको हलको उद्घाटन भयो।   

मल्टिप्लेक्स सिनेमा सञ्चालन गर्ने क्यूएफएक्सको यो शाखामा ३ वटा पर्दा रहेका छन्। नयाँ शाखासहित देशभर क्यूएफएक्सको कुल १८ पर्दा भयो। हल उद्घाटन समारोहमा अध्यक्ष नकिम उद्दिनले भने,'फिल्मको दर्शक बढ्दो छन्। हलमा आएर फिल्म हेर्ने दर्शक समुहको पनि वृद्‍धी हुँदैछ। यस्तोमा पर्याप्त सुविधा र सुरक्षासहित क्यूएफएक्स बिस्तार गर्न पाउनुले खुशी दिएको छ।' उनले पर्यटकीय स्थलमा फिल्म हल हुनुले विदेशी दर्शकलाई समेत टार्गेट गरेको बताए।

भौतिक रुपमा सुविधा सम्पन्न सिनेमा हलको प्रविधि प्रयोगले दर्शक आकर्षित गर्ने विश्वास छायाँ सिनेमाको व्यवस्थापक रोशन अडिगाले व्यक्त गरे। 'युवा वर्ग र विदेशी दर्शकहरुका लागि क्यूएफएक्सको यो ब्रान्च उत्कृष्ट बन्न सक्छ।' उनले मल्टिप्लेक्स सिनेमा हलको बिस्तार नेपाली फिल्म इन्डस्ट्रीको व्यवसायिक उत्थानको रुपमा व्याख्या गरे।

सिनेमा हलको उद्घाटन समारोहमा विभिन्न फिल्मकर्मी, व्यवसायी लगायतको उपस्थिति रहेको थियो। छायाँ सिनेमा हलको औपचारिक सुरुवात शुक्रबार दिउसो ३ बजेबाट हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell