PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘बुम कुमारी सुपरस्टार नाइट’को लागि कलाकार टोली कतारमा



पहिलोपोस्ट

‘बुम कुमारी सुपरस्टार नाइट’को लागि कलाकार टोली कतारमा

‘बुम कुमारी सुपरस्टार नाइट’ सांगीतिक कार्यक्रमको लागि नेपाली कलाकार टोली कतार पुगेको छ। नेपाली कला, सँस्कृति र सांगीतिक क्षेत्रलाई विदेशमा रहेका नेपाली माझ फैल्याउने उदेश्यका साथ आयोजित कार्यक्रम मार्च ९ मा हुँदैछ।

कार्यक्रमका लागि नायिका निरुता सिंह, नृत्य निर्देशक शंकर बिसी, लोक गायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायक अनिल सिंह, गायक युवराज चौलागाईँ लगायतको टिम विहीबार कतार पुगेको हो।

बुम रेमिट प्रमुख तथा कार्यक्रम संयोजक धिरेन्द्र पन्तका अनुसार कतारको सनैयास्थित एम्पी थिएटरमा शुक्रबार साँझ ६ बजेबाट कार्यक्रम सुरु हुनेछ। उक्त कार्यक्रम कुमारी बैंक र बुम रेमिटले संयुक्त रुपमा आयोजना गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell