PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जाजरकोटका स्वास्थ्य संस्थाः कतै डाक्टर छैनन, कतै विद्युत



पहिलोपोस्ट

जाजरकोटका स्वास्थ्य संस्थाः कतै डाक्टर छैनन, कतै विद्युत

जाजरकोटः यहाँको बारेकोट गाउँपालिका-२ का नन्दवीरे नेपालीको शव तीन दिनदेखि परीक्षण नहुँदा समस्या भएको छ। 

स्वास्थ्यचौकी लिम्सामा डाक्टर नहुँदा दुई दिनदेखि नेपालीको शवलाई परीक्षण गर्न नसकिएको हो। फागुन २० गते स्थानीय नरेन्द्र घर्तीको मित लगाउने ठाउँमा गएर घर फर्कने क्रममा वडा-२ कै सेरीभिरबाट लडेर विकको फागुन २१ गते बेलुका मृत्यु भएको थियो। 

दुई दिनदेखि विकको शव स्वास्थ्यचौकीमा ल्याएर राखिएको भए पनि चिकित्सक नहुँदा परीक्षण हुन नसकेको स्थानीय विष्णु ज्योतिले जानकारी दिए। 

बारेकोट गाउँपालिकाको मुटुमा रहेको स्वास्थ्यचौकी लिम्सामा करिब एक महिनादेखि डाक्टर नहुँदा उपचारमा समेत समस्या हुँदै आएको छ। 

दुईजना एमबिबिएस डाक्टरको दरबन्दी भएपनि हाल स्वास्थ्यचौकी डाक्टरविहीन हुँदा समस्या भएको ज्योतिले बताए। नलगाड नगरपालिकाको दल्ली स्वास्थ्यचौकीबाट डाक्टर लिएर परीक्षण गर्ने तयारी भएको उनले जानकारी दिए। 

अस्पतालमा विद्युत नहुँदा समस्या 
एक हप्तादेखि जाजरकोट अस्पतालमा विद्युत नहुँदा समस्या भएको छ। अस्पतालमा जोडिएको साङटारिसाङ जलविद्युत योजनाबाट उत्पादित विद्युतको  लाइन काटिएको र छिन्चु-जाजरकोट ३३ केभी विद्युत लाइन नजोडिएका कारण एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको हो। 

३३ केभी लाइन विद्युत जोड्न पटकपटक आग्रह गर्दा पनि कर्मचारीको अटेरीका कारण समस्या भएको जिल्ला अस्पतालले बताएको छ। जिल्ला स्वास्थ्य कार्यालय पनि एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको हो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell