PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सोसल मिडियाबाट ठगी : ३ भारतीयसहित फेरि समातिए ५ जना



राधेश्याम पटेल

सोसल मिडियाबाट ठगी : ३ भारतीयसहित फेरि समातिए ५ जना

वीरगंज : सामाजिक सञ्जाल मार्फत् ठगी गर्ने गिरोहविरुद्ध पर्सा प्रहरी सक्रिय हुँदै गएको छ। तीन महिनामा प्रहरीले चार पटक गरी १७ जनालाई पक्राउ गरी ठगी तथा संगठित अपराधको मुद्दा चलाएको छ।

बुधवार पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी चौथो पटक समातिएका ५ जनालाई सर्वाजनिक गर्दै समाजिक सञ्जालबाट ठगी गर्ने गिरोहविरुद्धको अपरेशन जारी रहेको बताएको छ।

पर्साका एसपी डा. गणेश रेग्मीले सामाजिक सञ्जाल फेसबुक, भाइबर, इमो, ह्वाट्सएप लगायतबाट लाखौको लट्री परेको भन्दै ठगी गर्ने गिरोहमा सक्रिय रहेको जनाए। पर्सा प्रहरीले प्रहरी निरीक्षक ज्ञानकुमार महतोको नेतृत्वमा ठगी गिरोहको जरा उखेलेर फाल्ने काम जारी रहेको पनि उनले बताए। प्रहरीले मंगलवार साँझ ४ बजे वीरगंज ८ घण्टाघरस्थित लक्ष्मी मनी ट्रान्स्फरबाट २ लाख १४ हजार नगद सहित ५ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका ४ बस्ने वर्ष २१ का इस्तेखार आलम, सोही गाउँपालिका वडा नं ९ बस्ने वर्ष २५ का ताहिर अन्सारी, बिहार, गोपालगंज इन्दरवा बैरम ग्रामपंचायत वडा नं ५ बस्ने वर्ष ३२ का नदिम आजम, सोही स्थानका वर्ष २६ का आसिफ खान र सोही जिल्ला हारवासा ग्रामपंचायत ३ का वर्ष २४ का मन्टु कुमार राम रहेका छन्। 

उनीहरुको साथबाट प्रहरीले नेपाली–भारतीय सीम सहित ६ वटा मोबाइल, विभिन्न व्यक्तिको पासपोर्ट साइजको फोटो ६ थान, विभिन्न व्यक्तिहरुको नागरिकता, मतदाता परिचय पत्र, भारतीय आधार कार्ड गरी १५ थान र विभिन्न बैंक तथा बित्तीय संस्थाहरुको बैंक भौचर ६ थान फेला पारेको छ। 

यस अघि मंसिर ८ गते ६ जना, पुस ३ गते ३ जना, फागुन ७ गते ३ जना गरी १२ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही चलाइसकेको छ। ठगी गर्ने गिरोहले समाजिक सञ्जालमा म्यासेज, कल गरी लोभलालच देखाई पैसा मनी ट्रान्स्फरमार्फत् पठाउन लगाउँछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell