PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राष्ट्रपति ट्रम्पका प्रमुख अार्थिक सल्लाहकारद्वारा राजिनामा



पहिलोपोस्ट

राष्ट्रपति ट्रम्पका प्रमुख अार्थिक सल्लाहकारद्वारा राजिनामा

वासिङटनः अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका प्रमुख अार्थिक सल्लाहकार ग्यारी कोनले पदबाट राजिनामा दिएका छन्। राष्ट्रपति ट्रम्पसँग स्टिल र अलुमिनियममा कर लगाउने विषयमा उत्पन्न मतभेदपछि ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनको राजिनामा अाएको एनबीसी न्यूजले जनाएको छ। 

कोन ट्रम्प प्रशासनले गरेका कर कटौती सम्बन्धी निर्णयका प्रमुख योजनाकार थिए। श्रृखंलाबद्ध रूपमा ह्वाइट हाउसबाट बहिर्गमित हुने ट्रम्पको टोलीका उनी पछिल्ला सदस्य हुन्।

वाल स्ट्रिटका पूर्व ब्याङ्कर उनी ट्रम्पको कर लगाउने निर्णयले एउटा व्यापारिक युद्ध निम्त्याउनेमा चिन्तित थिए। 

राष्ट्रपति ट्रम्पले कोनलाई दुर्लभ दक्षता भएका व्यक्ति भन्दै सेवाका लागि धन्यवाद दिएका छन्। पछिल्लो समयमा उनीहरू दुईबीच त्यति सुमधुर सम्बन्ध नरहेको बताइन्छ।

गएको अगष्टमा एउटा अति दक्षिणपन्थी समूहको र्‍यालीमा ट्रम्पले सम्बोधन गरेपछि उनले ट्रम्प प्रशासनले अझै 'राम्रो गर्नसक्ने र गर्नुपर्ने' बताएका थिए।

उक्त कार्यक्रमपछि उनले राजीनामा पत्र समेत मस्यौदा गरेको विवरण आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell