PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुर्इ कोरियाको एकता गरेर इतिहास रच्ने उत्तर कोरियाली नेता किमको घोषणा



पहिलोपोस्ट

दुर्इ कोरियाको एकता गरेर इतिहास रच्ने उत्तर कोरियाली नेता किमको घोषणा

सोलः उत्तर कोरिया र दक्षिण कोरियाबीच अर्को महिना शिखर सम्मेलमा जुट्ने भएका छन्। सम्मेलमा दुबै देशका राष्ट्रपतिको सहभागित हुने छ। 

उत्तर कोरिया पुगेका दक्षिण कोरियाली राष्ट्रपतिका विशेषदूतसँगको छलफल पछि यस्तो सहमति भएको हो। 

सोमबार भएको भेटवार्तामा दक्षिण कोरियाका राष्ट्रपति मुन जाई–इनका विशेषदूत राष्ट्रिय सुरक्षा सल्लाहकार तथा राष्ट्रपतिको कार्यालयका राष्ट्रिय सुरक्षा प्रमुख चुङ युइ–योङ र उत्तर कोरियाली नेता किम जोङ उनबीच सोमबार भेटवार्ता भएको थियो। 

करिब एक दशकपछि पहिलो पटक उत्तर कोरिया पुगेका यति उच्चतहका अधिकारी र नेता उनबीच भएको भेटवार्तामा दुई कोरियाबीच शिखर सम्मेलन गर्ने सहमति भएको समाचारमा बताइएको छ। 

उत्तर कोरियाको समाचार समिति, केसिएनएले भेटवार्तामा सर्वोच्च नेता किमले दक्षिण कोरियाली टोलीसँग खुला दिलले कोरियाली प्रायद्वीमा शान्ति र स्थायीत्वका लागि कुरा गरेको जनाएको छ। 

उनले वार्ताका क्रममा उत्तर र दक्षिणको एकतामा जोड दिँदै एकीकरणको नयाँ इतिहास लेख्ने भन्द् तयसका लागि अाफ्नो तर्फबाट हरसम्भव प्रयास गर्ने बताएको समाचारमा उल्लेख छ। 

उनले अागामी महिना हुने दुर्इ देशबीचको शिखर सम्मेलनमा सन्तोषजनक सम्झौता हुने विश्वास व्यक्त गरेका छन्। 

यसैबीच उत्तर कोरियाली राष्ट्रपतिसँगको भेटपछि दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ युइ–योङले उत्तर कोरिया परमाणु सम्बन्धि वार्ताका लागि तयार रहेको प्रतिक्रिया दिएका छन्। 

'अाफ्नो देशको सुरक्षामा कुनै खतरा नभए र उसको सुरक्षाको ग्यारेन्टी दिएमा उत्तर कोरियाले परमाणु कार्यक्रम रोक्ने प्रतिवद्भता जनाएको छ,' उनले भने। 

चुङले पनमुन्जोममा अप्रिलको अन्त्यमा दुर्इ देशबीच शिखर सम्मेलन हुने जानकारी दिए। १९५०-५३ सम्म चलेको कोरियाली संघर्षपछि हुन लागेको यो तेस्रो कोरियाली शिखर सम्मेलन हो। 

यसअघि सन् २००० र २००७ मा दुर्इ देशबीच शिखर सम्मेलन भएको थियो। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell