काठमाडौँः विश्वमा बालविवाहको अवस्था घट्दै गएको छ। यद्यपी बालविवाह रोक्न गरिएका पहलहरु पूर्णरुपमा प्रभावकारी नदेखिएको तथ्यांकले देखाएको छ।
युनिसेफले सन् २०३० सम्म १५ करोड बालिकाको बालविवाह हुने अनुमान सार्वजनिक गरेको छ। युनिसेफले केही बालविवाहका क्षेत्रमा केही सुधार देखिए यो प्रथा अझै कायम रहने र सन् २०३० सम्म १५ करोड बढी बालिकाको बालविवाह हुने अनुमान गरेको हो।
युनिसेफले दक्षिण एसियामा यो समस्या घटिरहेको समेत बताएको। दक्षिण एसियाले बालविवाहको दर घटिरहेको युनिसेफले जनाएको छ। ‘पछिल्लो एक दशमा यो दर झण्डै एक तिहाईले घटेको छ,’ युनिसेफको एक प्रतिवेदनमा भनिएको छ, ‘यो प्रगती यस क्षेत्रको जनसंख्याको ठूलो हिस्सा बोकेको भारतमा आएको सुधारले हासिल भएको हो।’
बालिकाहरु शिक्षामा सुधार, किशोरीहरु माथि सरकारले गरेको लगानी र बलियो सार्वजनिक सन्देशका कारण बालविवाहमा कमी आएको युनिसेफले जनाएको छ।
युनिसेफका अनुसार हाल वार्षिक एक करोड ५० लाख बालिकाहरुको बालविवाह हुने गरेको अनुमान छ।
यो दर १० वर्ष अगाडि अनुमान गरिएको वालविबाहको दर भन्दा झण्डै २ करोड ५० लाख कम हो।
दिगो विकास लक्ष्यले सन् २०३० भित्र बालविवाहको दर सून्यमा झार्ने लक्ष्य लिएको छ। यद्यपी त्यस अवधीसम्म १५ करोड बालिकाको बालविवाह हुने अनुमान गरिएको छ।
विश्वमा हाल जीवित रहेका ६५ करोड महिलाहरुको बालविवाह भएको अनुमान छ। यो दर सबैभन्दा बढी दक्षिण एसियामा भएको हो।
हाल वालविवाहको दर पछिल्लो दशक भन्दा झण्डै १५ प्रतिशतले कमी आएको छ।
यो एक दशकमा २ करोड ५० लाख बालविवाह रोकिएको समेत युनिसेफले जनाएको छ।