PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दिल्लीमा हुने भनिएको दलार्इ लामाको कार्यक्रम रोकियो



पहिलोपोस्ट

दिल्लीमा हुने भनिएको दलार्इ लामाको कार्यक्रम रोकियो
Photo: AFP

नयाँ दिल्लीः भारत सरकारले अाफ्ना उच्च अधिकारी र मन्त्रीहरूलार्इ तिब्बती धर्मगुरू दलार्इ लामाको कार्यक्रममा सहभागी नहुन निर्देशन जारी गरेसँगै दलार्इ लामाको नयाँ दिल्लीमा हुने भनिएको कार्यक्रम रोकिएको छ। 

तिब्बतबाट निर्वासित धर्मगुरू दलार्इ लामाले नयाँ दिल्लीमा उच्च स्तरीय कार्यक्रम अायोजनाको तयारी गरेका थिए। तर भारत सरकारले अाफ्ना भारत चीन सम्बन्ध संवेदनशील अवस्थामा रहेको भन्दै कार्यक्रममा सहभागी नहुन र सहभागितालार्इ निरूत्साहीत पार्न निर्देशन जारी गरेको थिए। 

सरकारको निर्देशन अाएको तीन दिन पछि दिल्लीमा हुने भनिएको दलार्इ लामाको कार्यक्रम स्थगित भएको हो। 

सरकारले जारी गरेको निर्देशनपछि तिब्बती धर्मगुरूहरूले भारतको बाध्यता बुझ्ने भन्दै सरकारले क्याविनेट सचिवको निर्देशनसँगै अाक्रोश, पीडा र क्रोधको भावानालार्इ जगाएको बताएको हिन्दुस्तान टाइम्सले जनाएको छ। 

नयाँ दिल्लीमा रहेका दलार्इ लामाका प्रतिनिधि नोग्डुप डोङचुङले दिल्लीमा अायोजना हुने भनिएको कार्यक्रम स्थगित भएको पुष्टि गरेका छन्। 

'अब हामीहरूले दिल्लीमा नभइ धर्मशालामा कार्यक्रम गर्ने छौँ,' उनले भने, 'मार्च ३१ को कार्यक्रमलार्इ सारेर अप्रिल १ मा कार्यक्रम गरिने छ।'

दिल्लीमा अायोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह र भाजपाका वरिष्ठ नेता लालकृष्ण अाडवाणीलार्इ निम्ताइएको थियो। 

सिंहले दलार्इ लामाको निम्तो अस्वीकार गरेका थिए भने अाडवाणीले पत्र बुझे पनि सहभागि हुने वा नहुने भन्ने विषयमा निर्णय गरिसकेका थिएनन्। 

दिल्लीमा दलार्इ लामाले दुर्इ वटा कार्यक्रमको अायोजनाको तयारी गरेका थिए। 

नयाँ दिल्लीको गान्धी समाधीस्थल राजघाटमा ३१ मार्चमा प्राथनासभा र तेरागराज स्पोर्ट्स कम्प्लेक्समा १ अप्रिलमा 'धन्यवाद भारत' कार्यक्रम अायोजनाको तयारी भएको थियो। 

तेरागराज स्पोर्ट्स कम्प्लेक्सको कार्यक्रम धर्मशालामा सारिएको र प्राथनासभा हाललार्इ स्थगित गरिएको केन्द्रीय तिब्बती प्रशासकीय इकाइका प्रवक्ता सनम डंपोले जानकारी गराएको इन्डियन एक्प्रेसले जनाएको छ। 

निर्वासनको ६० अौँ वर्ष मनाउने तयारी गरेका दलार्इ लामाका दिल्लीका कार्यक्रम स्थगित भए पनि वार्षिक क्यालेन्डरमा रहेका स्वस्छ भारत अभिया, योगा दिवससहितका कार्यक्रममा सहभागि हुने कार्यक्रम भने यथावत राखिएको समाचारमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell