PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फिल्म निर्देशक दयाराम दाहालले ल्याए कविता संग्रह



पहिलोपोस्ट

फिल्म निर्देशक दयाराम दाहालले ल्याए कविता संग्रह

काठमाडौं: फिल्म निर्देशक दयाराम दाहालले कविता संग्रह प्रकाशित गरेका छन्। फिल्ममा कथा र गीत लेखनमा सक्रिय रहेपनि पहिलो किताब स्वरुप कवितासंग्रह ‘शब्द-संग्राम’ बजारमा ल्याएका हुन्।

रक्षामन्त्री इश्वर पोखरेलको प्रमूख आतिथ्यमा संस्कृतिविद तथा शताब्दी पुरुष सत्यमोहन जोशी,  साहित्यकार रोचक घिमिरे,  अभिनेता निखिल उप्रेतीले पुस्तक लोकार्पण गरेका हुन्।

डिकुरा पब्लिकेशनद्धारा प्रकाशित ‘शब्द-संग्राम’ मा निर्देशक तथा लेखक दाहालले नेपाली फिल्म क्षेत्रमा आउँदाको सुरुवाती काल खण्डदेखि वर्तमान अवस्था सम्मको भावनाहरु उतारेको बताए।

एकसय पचास पृष्ठको कविता संग्रहको मुल्य २९९ रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell