PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रधानन्यायाधीश पराजुलीले राजीनामा नदिए अनशन बस्ने डा केसीको चेतावनी



पहिलोपोस्ट

प्रधानन्यायाधीश पराजुलीले राजीनामा नदिए अनशन बस्ने डा केसीको चेतावनी

काठमाडौं:  मेडिकल शिक्षा र स्वास्थ्य सुधारको माग गर्दै आएका डा गोविन्द केसीले दुइ सुत्रीय माग प्रस्तुत गर्दै उक्ता माग पुरा नभएमा पुन अनशन बस्ने चेतावनी दिएका छन्।

आज एक विज्ञप्ति जारी गर्दै डा केसीले फागुन २९ बाट अनशन बस्ने चेतावनी दिएका हुन्।

विज्ञप्तिमा भनिएको छ, 'तत्काल गोपाल पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका लागि हामी सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएका छौं। त्यसैले निम्न मागहरु पूरा नभएको खण्डमा यही फाल्गुण २९ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।' 

यी हुन् डा केसीका माग


१) न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने, न्यायालयको मर्यादा गिराउने, सिंगो न्यायालयलाई आफ्नो स्वार्थको बन्धक बनाउने तथा लोकतान्त्रिक संविधानको मर्ममा प्रहार गर्दै मिडियामा सेन्सरसीप लगाउन प्रयास गर्ने प्रधान न्यायधीश गोपाल पराजुलीबाट तत्काल राजीनामा दिइयोस्, नदिएको अवस्थामा तत्काल महाभियोगको प्रक्रियाबाट उनलाई पदबाट हटाएर उनीमाथि कानुनी छानबिन र कारवाही गरियोस्। 

२) चिकित्सा शिक्षासम्बन्धी  न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्दै दोषी ठहर्याइएका पदाधिकारीहरुलाई तत्काल आयोगको सिफारिश बमोविम कारवाही गरियोस्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell