PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अस्पतालले मनपरी शुल्क लिन नपाउने: लाग्ने शुल्क वेबसाईटमा राख्नै पर्ने



पहिलोपोस्ट

अस्पतालले मनपरी शुल्क लिन नपाउने: लाग्ने शुल्क वेबसाईटमा राख्नै पर्ने

काठमाडौं: निजी, सहकारी तथा सरकारी सबै अस्पतालले बिरामीको उपचार गर्दा लाग्ने शुल्क दर वेब साइटमा राख्नुपर्ने भएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार बसेको उपचार शुल्क निर्धारण उपसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

बिरामी पक्षलाई कतिपय निजी अस्पतालले आफूखुसी शुल्क तोकेर तिर्न बाध्य गराएको भन्दै उजुरी बढेको थियो। गत महिना स्वास्थ्य सचिव पुष्पा चौधरीको अध्यक्षतामा शुल्क निर्धारण समितिको बैठक बसेको थियो। त्यतिबेलाको बैठकले गठन गरेको उपसमितिले पछिल्लो निर्णय गरेको हो। 

गठन भएर चार बर्षसम्म बैठक नबसेको सेवा शुल्क निर्धारण समितिको बैठक गत २६ माघमा बसेको थियो। सो बैठकले नै चिकित्सा महाशाखाका प्रमुख भोलाराम श्रेष्ठको संयोजकत्वमा सेवाको बर्गीकरण र लिन पाउने मूल्यको निर्धारण सहितको प्रतिवेदन ३५ दिन भित्र पेश गर्न निर्देशन दिदैँ उपसमिती गठन गरेको थियो।

सोही कार्यदलको निर्णय अनुसार अब हरेक निजी अस्पतालले आफ्नो वेब साइटमा डाक्टर शुल्क, बेड चार्ज, अप्रेसन चार्ज देखि, प्याथोलोजी सम्मका हरेक सेवाहरुको दररेट उल्लेख गर्नुपर्छ। त्यस्तै सरकारी अस्पतालको सेवा शुल्क मन्त्रालयकै वेव साइटमार्फत सार्वजनिक गरिनेछ।
यस्तै बैठकले सेवा शुल्कको बारेमा वैज्ञानिक मूल्य निर्धारण गर्न अर्को उपसमिति गठन गरी १० दिन भित्र सुझाव पेश गर्न निर्देशन दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell