PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एक्लिँदै राष्ट्रपति ट्रम्पः एक पछि अर्का सहयोगीले छाड्दै छन् साथ 



पहिलोपोस्ट

एक्लिँदै राष्ट्रपति ट्रम्पः एक पछि अर्का सहयोगीले छाड्दै छन् साथ 

वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एकपछि अर्को गर्दै आफ्ना सहयोगीबाट एक्लिँदै गएका छन्। पछिल्लो समय २०१६ को राष्ट्रपति ट्रम्पको सञ्चार निर्देशकको रुपमा रहेर काम गरिरहेकी होप हाइकसले पनि ट्रम्पको साथ छाड्ने घोषणा गरेकी छिन्। 

उनी लामो समयसम्म राष्ट्रपति ट्रम्पसँग काम गरेकी सल्लाहकार मध्ये एक हुन्। २९ वर्षे मोडल सन् २०१६ मो राष्ट्रपतिय निर्वाचनमा विना कुनै राजनीतिक अनुभव पनि ट्रम्पको चुनावी अभियानमा सामेल भएकी थिइन्। उनी निर्वाचनका दौरान ट्रम्पको व्यक्तित्व र शैली प्रति  नजिकबाट परिचित भएकी थिइन्। उनले यतिसम्मकी ट्रम्पलाई आफ्नो सम्बोधन परिवर्तन गर्नका लागि समेत मनाउन सक्थिन्। 

ट्रम्पको ओभल अपिसमा अन्य कुनै कर्मचारी भन्दा बढी उनको पहुँच थियो। ट्रम्प आँफैले पनि अरु सल्लाहकार भन्दा बढी हाइकससामु सहज महसुस गर्थे । अब उनको अनुपस्थिती ट्रम्पलाई खड्कीने न्यूयोर्क टाइम्सले टिप्पर्णी गरेको छ। 

हाइकसले विदाईको समय नजिकिँदै गर्दा राष्ट्रपतिप्रति आभार प्रकट गरेकी छिन्। उनले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिन आँफूसँग कुनै शब्द नरहेको टिप्पर्णी गरेकी छिन्। 

‘होप समझदार छिन्, उनले यो तीन वर्ष महत्त्वपूर्ण काम गरेकी छिन्,’ टम्पले उनी विदाई हुन लाग्दै गर्दा भनेका छन्, ‘उनी वास्तवमै महान छिन्, म मेरोतर्फबाट उनलाई सम्झिरहने छु, जब उनले मसँग नयाँ अवसरको बारेमा कुरा गरिन्, मैले उनको कुरा बुझेँ, म विश्वस्त छु पुनः भविष्यमा हामी एकसाथ काम गर्ने छौँ।’ 

ह्वाइट हाउसको खुफिया एजेन्सीले उनीमाथि बयान लिएको आठ घण्टापछि उनले ह्वाइट हाउस छाड्ने तयारीका बारेमा खुलासा गरेकी हुन्। उनले बयानका क्रममा आफ्नो कामका शिलशिलामा कहिलेकाँही झुट बोल्नु परे पनि आँफूले २०१६ को निर्वाचनका क्रममा भएको भनिएको रुसको प्रभावका बारेमा भइरहेको अनुसन्धानका क्रममा कहिल्यै झुट नबोलेको बताएकी थिइन्। 

पूर्व व्यवसायीक प्रवक्ता हाइक पछिल्लो समय ट्रम्पको दाइने हातको रुपमा स्थापित भएकी थिइन्। ६ वर्ष अगाडि उनले ट्रम्पकी जेठी छोरी इभान्कासँग काम गर्न सुरु गरेकी थिइन्। सन् २०१५ मा ट्रम्पले राष्ट्रपतिको निर्वाचनको योजना बनाइरहेका थिए, त्यतिवेला उनी इभान्काको समूहबाट ट्रम्पको सानो र छरितो राजनीतिक समूहमा निर्वाचन अभियानमा तानिएकी थिइन्। यद्यपी उनीसँग कुनै राजनीतिक सञ्चारको बारेमा कुनै पनि अनुभव थिएन्। 

ट्रम्पसँग निकट रहेर धेरै सयम काम गरेकी उनी पछिल्लो एक वर्षमा अनेक विवादहरुमा तानिएकी थिइन्। पछिल्लो साता उनी माथि आफ्ना दुई पूर्व श्रीमतीहरुमाथि शोषणा गरेको अभियोग लागेपछि ह्वाइटहाउसको स्टाफ सेक्रेटरीबाट राजिनामा दिएका रब पोर्टरसँग डेटमा गएको कुरा सार्वजनिक भएको थियो। 

उनको विदाईको समय सार्वजनिक नभए पनि अबका केही सातमा उनी ह्वाइट हाउसबाट विदा लिने बताइएको छ। उनले त्यसपछि के गर्ने भन्ने खुलाएका छैनन्। 

उनको बहिर्गमलको विषयालार्इ लिएर पोलिटिको म्यागेजिनले राष्ट्रपति ट्रम्पले एक पछि अर्को गर्दै आफ्ना सहयोगी गुमाउँदै गएको टिप्पर्णी गरेको छ। 

उनका ज्वाई समेत सुरक्षा विवादमा परेपछि उनी थप एक्लिँदै गएको बताइएको छ। 

होप हाइकस् ले छाड्दै गर्दा केथ सिलर समेतले छाडेका छन्। अब उनको साथमा कुनै रुपक परिवार छैन्, कुनै सहयोगीको समूह छैन्।  

‘हरेक राष्ट्रपति एक्लिन्छन्। यो एकलकाटे जागिर हो तरा जुन राष्ट्रपति असाध्यै ध्यान केन्द्रीत गर्न चाहन्छ र सबै चीज प्राप्ति चाहन्छ, त्यो झन एक्लिँदै जान्छ’ पोलिटिको म्यागेजिनको विश्लेषणमा भनिएको छ। 

राष्ट्रपति ट्रम्पको साथ छाड्ने उच्च अधिकारीहरु
स्टेफन के व्यानन, प्रमुख रणनीतिकार

स्टेफन के व्यानन राष्ट्रपति निर्वाचनमा ट्रम्पको प्रमुख रणनीकित सल्लाहकारको रुपमा थिए ।  ट्रम्पले गत अगष्टमा उनलाई वर्खास्त गर्ने घोषणा गरेका थिए। तर स्टेफनले त्यसभन्दा अगाडि नै राजिनामा दिएका थिए। 

माइक डुबेक, सञ्चार निर्देशक
ट्रम्पको ह्वाइट हाउस प्रवेशपछि उनको सञ्चार निर्देशक बनेका माइक डुबेकले पनि २०१७ को मे मा राजिनामा दिएका थिए। उनले आफ्नो राजिनामाको कारण व्यक्तिगत बताएका थिए। उनले ट्रम्पसँग तीन महिनामात्र काम गरे। 

माइकल टी फ्लिन, राष्ट्रिय सुरक्षा सल्लाहकार
राष्ट्रपति ट्रम्पले नै आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकारको राजिनामा मागेका थिए। उपराष्ट्रपति माइक फेन्स र ह्वाइट हाउसका उच्च अधिकारीसँग रुसी राजदुतसँग भएको आफ्नो वार्ताको बारेमा ढाँटेको अभियोग उनीमाथि लागेको थियो। यो अभियोग लागेपछि ट्रम्पले उनको राजिनामा मागेका थिए। उनले ट्रम्पको सुरक्षा सल्लाहकारको रुपमा करिब एक महिना मात्र काम गर्न पाए। 

सेबस्टिन गोरका, ह्वाइटहाउस सल्लाहकार
सेबस्टिन गोरकालाई २०१७ को अगस्टमा सल्लाहकार पदबाट हटाइएको थियो। उनले राजिनामा दिएको भनिए पनि उनलाई पदबाट बर्खास्त गरिएको थियो। प्रमुख रणनीतिकार व्याननले राजिनामा दिएको एक सातामा नै उनलाई निकालिएको थियो। 

के.टी म्याकफारल्याण्ड, सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार 
अमेरिकाका लागि सिङ्गापुरको राजदुतको रुपमा नियुक्त हुने तयारी भएपछि उनले पदबाट राजिनामा दिएकी थिइन्। माइकल टी फ्लिनको राजिनामा आएको महिना दिन नपुग्दै उनीसँग पनि राजिनामा मागिएको थियो। उनले राष्ट्रिय सुरक्षा परिषद् रक्षा विभागमा समेत काम गरिसकेकी थिइन्। 

ओमारोसा मेनिगाल्ट न्यूमेन, ह्वाइट हाउसकी जनसम्पर्क विभागकी सञ्चार निर्देशक
ओमारोसा मेनिगाल्ट न्यूमेनले नयाँ अवसरको खोजीमा पदबाट राजिनामा दिएकी थिइन्। पूर्व रियालिटी टेलिभिजन स्टार राष्ट्रपति ट्रम्पकी राजनीतिक सहयोगीको भूमिकामा देखिएकी थिइन्। 

अफ्रिकन मुलकी उनले ट्रम्पको टिभी सो चलाउँदै आएकी थिइन्। उनले ट्रम्पको निर्वाचन अभियानमा अफ्रिकन–अमेरिकनहरुबीचको समन्वयको भूमिका निर्वाह गरेकी थिइन्। 

डीना एच पावेल, सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार
डीना एच पावेलले ट्रम्पको राष्ट्रपति कार्यलय प्रवेशको वर्षगाँठ चलिरहँदा पदबाट राजिनामा दिएकी थिइन्। राष्ट्रपति कार्यालयले यसअघि नै सन् २०१७ को डिसेम्बरमा उनले ह्वाइट हाउस छाड्न लागेको जनाएको थियो। 

एन्थोनी स्कार्मुची, सञ्चार निर्देशक
सञ्चार निर्देशक एन्थोनीलाई ट्रम्पले २०१७ जुलाईको अन्त्यमा वर्खास्त गरेका थिए। उनको ह्वाइट हाउस प्रवेशसँगै सिन स्पाइसरले राजिनामा दिएका थिए। उनी ट्रम्पका समर्थक तथा आर्थिक सहयोगी समेत हुन्। 

सिन स्पाइसर, प्रेस सेक्रेटरी, सञ्चार निर्देशक
सिन स्पाइसरले एन्थोनीको नियुक्ती प्रति आपत्ती जनाउँदै पदबाट राजिनामा दिएका थिए। ट्रम्प प्रशासनलाई ६ महिना सम्म सहयोग गरेका उनले ‘भान्सामा धेरै भान्से’ भएको प्रतिक्रिया दिँदै राजिनामा दिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell