PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

त्रिशुलीमा र्‍याफ्टिङको मज्जा, हेर्नुस् २२ फोटोमा

त्रिशुलीमा र्‍याफ्टिङको मज्जा, हेर्नुस् २२ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


फिस्लिङ : छैटौँ पर्वतिय खेलकुद महोत्सवअन्तर्गत नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघको आयोजनामा तीन दिने राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनसिपन मंगलवार सम्पन्न भएको छ। त्रिशुली नदीमा भएको च्याम्पियनसिपमा विभिन्न १२ टिमका डेढ सय खेलाडीले चार विधामा प्रतिस्पर्धा गरेका थिए।

चार विधाको समग्र पूर्णाङ्क एक हजार मध्ये कूल ९१३ अंक जोड्दै प्याडल नेपाल ए टोली टिम च्याम्पियन बन्यो।

यस्तै यस्तै ८९५ अंक जोडेको फिस्लिङ दोस्रो तथा ७८६ अंकसहित नेपाल कायाक क्लब तेस्रो बन्यो।

स्प्रिन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर गरी चार फरक विधामा प्रतिस्पर्धा गराइएको थियो।

यसैगरी कायाक स्लालोममा च्याम्पियन बनेका नेपाल कायाक क्लब बी का सुर्जन तामाङ आगामी सेप्टेम्वरमा इन्डोनेसियामा हुने एसियाली खेलकुदका लागि छनोट भएका छन्।

गर्मीको मौसम सुरु हुनै लाग्दा नेपालका विभिन्न नदीमा र्‍याफ्टिङ, कायाकिङ गर्नेहरुको संख्या बढ्दैछ।

नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघका अध्यक्ष मान बहादुर न्यौपानले पर्वतिय खेलकुदअन्तर्गत रहेका यस प्रकारका खेलहरुको विकास गर्न सके पर्यटन क्षेत्रमा समेत फाइदा पुग्ने बताए।

कायाक स्लालोम च्याम्पियन : सुर्जन तामाङ


ट्रेन्डिङ पोस्ट

Ncell