PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गाउँगाउँमा सिंहदरबार हैन, सिंहदरबारको भ्रष्टाचार चाहिँ गाउँगाउँ पुगिरहेको छ: बाबुराम



पहिलोपोस्ट

गाउँगाउँमा सिंहदरबार हैन, सिंहदरबारको भ्रष्टाचार चाहिँ गाउँगाउँ पुगिरहेको छ: बाबुराम

लुम्बिनी: नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले सिंहदरबारको अधिकारभन्दा भ्रष्टाचार गाउँगाउँमा पुगिरहेको बताएका छन्।

पार्टीको संघीय परिषदको चौथो बिस्तारित बैठकको तेस्रो दिन शुक्रबार समूह छलफलपछि उठेका जिज्ञासाहरुको शुक्रबार जवाफ दिँदै संयोजक डा.भट्टराईले उक्त भनाई राखेका हुन्। 'हामीले संघर्ष गरेर ल्याएको संघीयताको कार्यान्वयनबाट सिंहदरबारको अधिकार गाउँगाउँसम्म पुग्नुपर्ने हो,' भट्टराईले भने, 'तर अधिकारभन्दा सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुगिरहेको छ।'

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले नयाँ शक्तिले स्थानीय तहबाट हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने बताए। उनले समृद्धिको नारा नयाँ शक्तिको भए पनि यसको कार्यान्वयन गर्न सरकारमा पुग्नुपर्ने भएकोले तत्कालको लागि प्रचारात्मकरुपले अभियान लैजानै बताए।

'समृद्धि हाम्रो नारा हो तर, हाम्रै नेतृत्वमा कार्यान्वयनको अवस्था अहिले रहेन,' उनले भने, 'हामी स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न छायाँ सरकार चलाउने अवधारणामा जान्छौं, र समृद्धिको पक्षमा माहोल बनाउन लागिपर्छौं।'



 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell