PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सलून उद्घाटनमा रिबन काट्न पुगे प्रियंका र आयुष्मान



पहिलोपोस्ट

सलून उद्घाटनमा रिबन काट्न पुगे प्रियंका र आयुष्मान

काठमाडौं: शुक्रबार अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी सलून उद्घाटन गर्न पुगे। डेढ दशक अघिदेखि नेपालमा सञ्चालित हबिब्स हेयर एण्ड ब्युटि सलूनले दोस्रो शाखा उद्घाटनमा यी दुई कलाकारले रिबन काटेका हुन्। 

ललितपुरको जावलाखेलमा ‘हबिब्स बेरिना सलोन फर हिम एण्ड हर’को सुरुवात भएको हो। भारतमा मुख्य कार्यालय भएको हबिब्सको देशबाहिरका ३१ शहरमा शाखाहरु रहेका छन्। 

रिबन काटेर सलून उद्घाटन गर्दै अभिनेत्री प्रियंका कार्कीले अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त हेयर स्टाइलिष्ट हबिब्सको सैलून नेपालमा विस्तार हुनुले हेयर स्टाइलिसप्रति आकर्षित नेपाली युवा युवतीहरुलाई सहयोग हुने विश्वास व्यक्त गरिन्।

सलूनको उद्घाटन समारोहको मुख्य आकर्षणको रुपमा भारतका चर्चित हेयर स्टाइलिष्ट निलेश पारेखले आफ्नो विशेष हेयर कटिङ तथा स्टाइलिङ शो केस प्रस्तुत गरे। यसअघि लिम्का बुक अफ रेकर्ड्स तथा एशिया बुक अफ रेकर्ड्सुमा नामा लेखाइसकेका भारतीय हेयर स्टाइलिष्ट पारेखले उद्घाटन समारोहमा आँखामा पट्टी बाँधेर युवतीको कपाल काटेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell