PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भ्रूणहत्या विरुद्धको गीत ‘डन्ट किल मी’ रिलिज



पहिलोपोस्ट

भ्रूणहत्या विरुद्धको गीत ‘डन्ट किल मी’ रिलिज

काठमाडौं: देशमा विद्यमान भ्रुणहत्या अर्थात गर्भपतन विरुद्धको गीत रिलिज भएको छ। गीत भिडियोसहित सार्वजनिक भएको हो। १३ वर्षीया किशोरी गायिका प्रेगिशा पौडेलको स्वर रहेको ‘नमार मलाई, नफाल मलाई’ गीत कार्यक्रम आयोजना गरी विमोचन गरियो।

सार्वजनिक म्युजिक भिडियोमा कुमारी अवस्थामै गर्भवती भएकी एउटी किशोरीको गर्भमा रहेको शिशुको बाँच्ने इच्छा व्यक्त गरिएको छ। भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन्।

भिडियो सार्वजनिक कार्यक्रममा गीतकार तथा वरिष्ठ चिकित्सक डाक्टर भोला रिजालले १२ वर्षअघि मातृ मृत्युदर घटाउने उदेश्यले सरकारले सुरक्षित गर्भपतनको अवधारण ल्याएपनि नेपाली समाजमा लिंग पहिचान गरेर गर्भपतन गराउने नराम्रो परम्पराको थालनी भएको जनकारी दिए। 'यस्तोमा कलात्मक तरिकाले विरोध जनाउनु सकारात्मक कुरा हो', उनले भने।

सार्वजनिक गीतका शब्दहरु नील गुरुङले लेखेका हुन् भने महेश ज्ञवाली संगीतकार हुन्। गर्भमा रहेको अबोध शिशुका भावनालाईहरुलाई एउटी बाल गायिकाको स्वरमार्फत प्रस्तुत गरिएको हो। रुपेश मान अमात्यद्वारा निर्मित यो भिडियो वास्तविक घटनामा आधारित छ। म्युजिक भिडियोमा मोडल सृष्टि खड्काले कुमारी आमाको भूमिका निर्वाह गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell