PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मन्त्री छान्ने जिम्मा प्रधान मन्त्री ओलीलाई नै : सरकार विस्तारका लागि राजपा र फोरम पर्खने



पासाङ ठकुल्ला

मन्त्री छान्ने जिम्मा प्रधान मन्त्री ओलीलाई नै : सरकार विस्तारका लागि राजपा र फोरम पर्खने

काठमाडौं : नेकपा एमालेले पार्टीबाट सरकारमा पठाउने मन्त्री छान्ने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ।

आज प्रधान मन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष ओलीलाई प्रदान गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। स्थायी कमिटीले सर्वसम्मत रुपमा नेता छान्न नसकेपछि जिम्मा ओलीलाई नै सुम्पेका हुन्।

बैठकमा प्रधान मन्त्री ओलीले संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी(राजपा)सँगको छलफल टुंगो लागेपछि मात्र सरकार विस्तार गर्ने मनासय व्यक्त गरेका थिए।

बैठकले दुई दलबीच भएको सहमतिका प्रारम्भिक आधारलाई अनुमोदन गरेको छ। पार्टी एकताको नजिक रहेकोले गाउँ तथा जिल्ला कमिटीमा हुन लागेका सम्मेलन तथा अधिवेशन अहिलेलाई स्थगित गर्ने बैठकले निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell