PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मन्त्री छान्न एमाले स्थायी कमिटी बैठक,  कोको छन् आकांक्षी?



पहिलोपोस्ट

मन्त्री छान्न एमाले स्थायी कमिटी बैठक,  कोको छन् आकांक्षी?

काठमाडौं : आफ्नो भागमा परेको १० वटा मन्त्रालयका लागि मन्त्री छान्न नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ।

एमाले र माओवादीबीच बिहीवार भएको सहमति अनुसार एमालेले १० र माओवादीले ७ मन्त्रालयको नेतृत्व लिँदैछन्। सहमति भएपछि मन्त्री छान्न एमाले स्थायी कमिटी जुटेको हो। 

एमाले अध्यक्ष केपी शर्मा ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। तर, अहिलेसम्म उनको क्याबिनेटमा ३ सदस्यमात्र छन्। माओवादीलाई यसअघि मन्त्री पठाउन ओलीले आग्रह गरे पनि पठाउन सकेको छैन।

यसअघि हिजो बसेको माओवादीको कार्यदल बैठकले पनि मन्त्रीको टुङ्गो लगाउन सकेको थिएन।

एमाले र माओवादीले मन्त्रीको टुङ्गो लगाएको खण्डमा ओलीले आजै मन्त्रिपरिषद विस्तार गर्ने सम्भावना छ। यस्तै आजै बस्ने मन्त्रिपरिषद बैठकले मन्त्रालयको नाम पनि टुङ्गो लगाउने प्रमका राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।

एमालेबाट भीमबहादुर रावल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल, छविलाल विश्वकर्मा, रवीन्द्र अधिकारी, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, भानुभक्त ढकाल, शेरबहादुर तामाङ लगायतका नेताहरु मन्त्रीको लागि चर्चामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell