PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देउवा गुटको मात्र सभापति भएको नेता सिंह अारोप



पहिलोपोस्ट

देउवा गुटको मात्र सभापति भएको नेता सिंह अारोप

काठमाडौः नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस विधिसम्मत रुपमा नचलेको दाबी गरेका छन्।

नेपाली कांग्रेस सिन्धुली र नेपाल प्रेस युनियनले सिन्धुलीमा अायोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले केही नेताहरूको एकधिकारमा कांग्रेसलाई चलाइएको आरोप लगाए। 

‘कांग्रेस विधिसम्मत रुपमा चलेको छैन,’ उनले भने, ‘म पनि त्यहि कार्यसमितिमा छु। कांग्रेसलाई सुधार गरेर लैजानुपर्छ भनेर दवाव दिइरहेको छु।’

विधान मिच्ने काम सभापति र वरिष्ठ नेताले गरेको आरोप लगाउँदै  उनले अगाडि भने, ‘अहिलेसम्मको गल्तीलाई सच्चाएर जानुपर्छ भनेर दबाब दिएको छु। म संसदीय समिति र कार्यसम्पादन समितिको बैठकमा गएको छैन। मैले अडान लिएको छु।’ विधि र कानूनअनुसार चल्नु पर्ने उनले बताए।

कांग्रेसका सीमिति नेताहरूका कारण निर्वाचनमा पार्टीले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताए। उनले सभापति देउवा गुटको मात्रै सभापति जस्तो देखिएको बताए। ‘सभापति शेरबहादुर देउवाजी सबैको सभापति बन्न सक्नु भएन। गुटको मात्रै सभापति बन्नुभयो,’ नेता सिंहले भने। 

उनले विधानलाई संशोधन गरेर सांगठनिक संरचना बनाउनुपर्ने बताए। संगठन चुस्तदुरुस्त नहुँदा कांग्रेसका संगठनहरू कमजोर भएको उनको भनार्इ थियो। 

सभापति देउवालाई संसदीय दलको नेताको लोभ नगर्न समेन उनले सुझाव दिए। ‘शेरबहादुर देउवाले अवसर पाउनु भयो। उहाँले जिम्मेवारीअनुसार काम गर्न सक्नु भएन’, उनले भने, ‘दुई वर्षसम्म कांग्रेसलाई गतिशील बनाउन नसक्दा निर्वाचनमा हार्नुपरेको छ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell