PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



रासस

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापाः जिल्लाको कनकाई नगरपालिका-८ लक्ष्मीपुरस्थित भित्री सडकखण्डमा बिहीबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन्। मे ६ प १८६९ नम्बरको मोटरसाइकलमा लक्ष्मीपुरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशातर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्बरको ट्रकले उछिन्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए। 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याउने क्रममा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय, घैलाडुब्बाले नियन्त्रणमा लिएको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell