PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी पर्दामा 



पहिलोपोस्ट

फ्राइडे रिलिज: दुई नेपाली फिल्म र एक विदेशी पर्दामा 

काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई  नेपाली फिल्म रिलिज भएका छन्। फिल्म 'पञ्चेबाजा' र 'साढे सात' सार्वजनिक शुक्रबार देखि प्रदर्शनमा अाएका छन्। 

दुबै नेपाली फिल्मले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा सो पाएका छन्। 

त्रिकोणात्मक प्रेम र बदलाको कथा भन्ने पञ्चेबाजालाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन्। प्रदिप भारद्वाजको कथा, पटकथा, संवाद रहेको फिल्ममा सौगात मल्ल, कर्मा, बुद्धी तामाङ, सिर्जना सुब्बा, बिमला गिरी, जस्मिन श्रेष्ठ, तेज गिरी, सबिन बास्तोला लगायतको अभिनय रहेको छ। 

त्यस्तै फिल्म 'साढे सात' फोटो पत्रकारको कथा हो। फिल्मले कामको शिलशिलामा मधेस जाने पत्रकारले भोग्न पर्ने अवस्थाको चित्रण गर्छ। जसमा मुख्य पात्रको भूमिका गायक तथा अभिनेता सत्यराज आचार्यले निभाएका छन्। फिल्ममा कामेश्वर चौरासिया, मेनुका प्रधान, सुनिल थापा, सुप्रिया कट्वाल लगायतको अभिनय रहेको छ। 

अनिश तामाङले खिचेको फिल्ममा कथा, सम्पादन र निर्देशन साम्तेन भुटियाको रहेको छ। 

बलिउडतर्फ भने यो साता नयाँ फिल्म रिलिज भएन। 

हलिउड फिल्म 'पिटर र्याबिट' प्रदर्शनमा आएको छ। विल ग्लक निर्देशित एनिमेटेड एड्भेन्चर कमेडी ड्रामाले मल्टिप्लेक्समा सो पाएको छ। फिल्ममा डोमनाल ग्लिसन, रोज ब्रायन र साम निलको मुख्य भूमिका रहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell