PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कारवाहीको भोलिपल्ट किरातीको प्रतिक्रियाः दाहाल एण्ड कम्पनी माअोवादी केन्द्रमा रहेनन्



पहिलोपोस्ट

कारवाहीको भोलिपल्ट किरातीको प्रतिक्रियाः दाहाल एण्ड कम्पनी माअोवादी केन्द्रमा रहेनन्

काठमाडौंः बिहीबार मात्र पार्टीबाट कारवाहीमा परेका माअोवादी नेता गोपाल किरातीले कारवाहीलार्इ माअोवादी विज्ञान माथिको कारवाहीको संज्ञा दिएका छन्। उनले माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र त्यसको समूहलार्इ दाहाल एण्ड कम्पनीको संज्ञा दिँदै माअोवादी केन्द्रमा दाहाल एण्ड कम्पनी माअोवादी केन्द्रमा नरहेको बताएका छन्। 

नेकपा (माअोवादी केन्द्र)ले नेकपा (एमाले)सँग एकता गर्न सात बुँदे सहमति गरे पछि माअोवादी केन्द्रको पुनर्गठनको अाह्वान गर्ने तीन नेतालार्इ पार्टीले गरेको कारवाही गरेको भोलीपल्ट किरातीको यस्तो प्रतिक्रिया अाएको हो। 

बिहीबार बसेको माअोवादी केन्द्रको केन्द्रीय सचिवालयको बैठकले किरातीसहित विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र विष्ट मगरलाई कारबाही गरेको थियो। 

शुक्रबार विहान विज्ञप्ति जारी गर्दै किरातीले कारवाहीलार्इ 'कथित कारवाही'को संज्ञा दिँदै माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारवाहीको संज्ञा दिएका हुन्। 

'सञ्चारमाध्यम अनुसार ‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) पुनर्गगठनको आव्हान’ गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले हामीलाई ‘कथित कार्वाही’ गरेकोमा त्यस कम्पनिलाई धन्यवाद नै दिनुपर्छ,' माअोवादी केन्द्रको संयोजकको हैसियतमा जारी गरिएको विज्ञप्तिमा अगाडि भनिएको छ, 'किनकी उक्त कारवाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कारवाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो।' 

माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो ।

उनले प्रचण्डलार्इ मार्क्सवाद-लेनिनवाद-माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुको रूपमा टिप्पर्णी समेत गरेका छन्। 'अतः ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद-लेनिनवाद-माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो,' विज्ञप्तिमा अगाडि भनिएको छ। 
उनले अध्यक्ष प्रचण्डलार्इ नै माअोवादी केन्द्रमा नरहेको बताएका छन्। 'एमालेकरण भइसकेको दाहाल एण्ड कम्पनि माओवादी केन्द्रमा नरहेको स्पष्ट गर्दै त्यस कम्पनिको प्रतिक्रान्तिकारी हर्कत विरुद्ध विरोधको झण्ड उठाउन पार्टी, वाईसीएल, जबस र मोर्चा संगठनका इमान्दार कमरेडहरुलाई जोडदार आव्हान गर्दछु,' विज्ञप्तिमा भनिएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell