PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

युरोपा लिग : आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र डर्टमण्ड प्रिक्वाटरफाइनलमा नेपोली बाहिरियो



पहिलोपोस्ट

युरोपा लिग : आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र डर्टमण्ड प्रिक्वाटरफाइनलमा नेपोली बाहिरियो

उपाधि दाबेदार क्लब आर्सनल, एथ्लेटिको मड्रिड, एसी मिलान र बोरुसिया डर्टमण्ड युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्दा अर्को उपाधि दाबेदार क्लब नेपोली भने बाहिरिएको छ।

दोस्रो लेगमा २-१ ले पराजित भएपनि आर्सनल समग्रमा ४-२ को जितका साथ प्रिक्वाटरफाइनल स्थान बनाउँदा दोस्रो लेगमा लेइपजिगविरुद्ध २-० को जित हात पारेर पनि समग्रमा ३-३ को बराबरी भएपछि अवे गोलमा पछि पर्दै अन्तिम ३२ बाट बाहिरियो।

पहिलो लेगमा ३-० हात पारेको आर्सनल दोस्रो लेगमा भने घरेलु मैदानमै ओस्टरसन्डसँग २-१ ले पराजित भएको हो। ओस्टरसन्डका लागि होसन अइस र केन सेमाले गोल गरे। आर्सनलका लागि सिद कोलानसिकले एक गोल फर्काए।

यसैगरी पहिलो लेगमा ४-१ को जित हात पारेको एथ्लेटिको मड्रिड एफसी कोवनहेगनलाई समग्रमा ५-१ ले पराजित गर्दै प्रिक्वाटरफाइनल प्रवेश गर्‍यो। दोस्रो लेगमा १-० ले विजयी हुँदै मिलानले लुडोगोरेट्सलाई समग्रमा ४-० ले हरायो। अर्को पहिलो लेगमा १-० ले पराजित भएको इटालियन क्लब लाजियो एफसी एफसीएसबीलाई समग्रमा ५-१ ले पराजित गर्दै अन्तिम १६ मा पुगेको छ।

पहिलो लेगमा घरेलु मैदानमै ३-१ ले हारेको नेपोलीले दोस्रो लेगमा २-० को अवे जित हात पार्दा समेत अघिल्लो चरण प्रवेश गर्न पर्याप्त भएन।

यस्तै दोस्रो लेगमा एटलान्टासँग १-१ को बराबरीमा रोकिएपनि जर्मन क्लब बोरुसिया डर्टमण्ड समग्रमा ४-३ ले विजयी हुँदै प्रिक्वाटरफाइनल प्रवेश गरेको छ।

यसैगरी फ्रान्सबाट मार्से र लियोनले प्रिक्वाटरफाइनलमा स्थान बनाउँदा लियो भने बाहिरिएको छ।

युरोपा लिगको अन्तिम १६ मा प्रवेश गर्नेमध्ये रसियाबाट सर्वाधिक ३ क्लब छन् भने स्पेन, जर्मनी, फ्रान्स र इटलीबाट २-२ क्लब छन्। यस्तै इंगल्याण्ड, युक्रेन, पोर्चुगल, चेक रिपब्लिक र अष्ट्रियाका १-१ क्लब छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell