PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

फिल्म 'नेप्टे'को पहिलो गीत, दिलरानी बनिन् छुल्ठिम गुरुङ



पहिलोपोस्ट

फिल्म 'नेप्टे'को पहिलो गीत, दिलरानी बनिन् छुल्ठिम गुरुङ

काठमाडौं: फिल्म 'नेप्टे'को पहिलो गीत सार्वजनिक भएको छ। 'दिलरानी' बोलको गीत भिडियोसहित इन्टरनेट रिलिज भएको हो। गीतको भिडियोमा नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङको फिचरिङ रहेको छ।

यमनाथ मैनालीको शब्दमा सन्तोष राजले संगीत दिएका हुन्। गीतमा उदित नारायण झा र सेलिना कुँवरको स्वर रहेको छ । भिडियोलाई कविराज गहतराज कोरियोग्राफ गरेका हुन्।

देव कुमार श्रेष्ठको निर्देशन रहेको फिल्ममा दयाहाङ् राई, रोहित रुम्बा र छुल्ठिम गुरुङको मुख्य भूमिका रहनेछ। त्यस्तै बुद्धी तामाङ, अरुणा कार्की, ए गुरुङ सामाजिक कथा वस्तु 'नेप्टे’ फिल्मको कथाको विषय रहने जानकारी छ। फिल्मको जानरा कमेडी हो।

किरण माइकलको पटकथा र संवाद रहेको फिल्ममा निर्माता रोहितकै कथा रहेको छ। हरी घले लामाको छायांकन, बाबु बोगटी, सन्तोष राज, ओम सुनार र रोहितको संगीत दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell