PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मन्त्रालय भागबण्डा टुंगो लाग्यो: एमालेलाई प्रधानमन्त्रीसहित ११ माओवादीलाई ७



पहिलोपोस्ट

मन्त्रालय भागबण्डा टुंगो लाग्यो: एमालेलाई प्रधानमन्त्रीसहित ११ माओवादीलाई ७

काठमाडौं: नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ।

आज दुई दलका अध्यक्षबीच भएको बैठकमा १८ मन्त्रालय बनाउने सहमति भएसँगै मन्त्रालयको टुंगो लागेको हो। प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रालयको टुंगो लगाएका हुन्। 

बैठकले दुई पार्टीलाई मन्त्रालयसमेत बाँडफाँट गरेको छ। एमालेलाई प्रधानमन्त्रीसहित ११ मन्त्रालय र माओवादीले ७ मन्त्रालय पाउने गरी मन्त्रालय भागवण्डाको टुंगो लगाएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेको भागमा अर्थ, रक्षा, पराराष्ट्र, सुचना तथा सञ्चारलगायत परेको छ भने माओवादीको भागमा गृह, जलस्रोत मन्त्रालयलगायतका मन्त्रालय परेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell