PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गायक नरेन लिम्बु अब फिल्म निर्देशक बन्दै



पहिलोपोस्ट

गायक नरेन लिम्बु अब फिल्म निर्देशक बन्दै

गायन हुँदै अभिनय क्षेत्रमा पनि डेब्यु गरेका नरेन लिम्बुले फिल्म निर्देशन गर्दैछन्। उनले फिल्म 'आस्था' निर्देशन गर्ने भएका हुन्। फिल्मले दिदी भाइबिचको सम्बन्धको कथा भन्नेछ।

यसै साताको सुरुवातबाट फिल्म छायांकनका लागि फ्लोरमा उत्रिएको छ। उक्त दिन नरेन लिम्बुको जन्मलदिन समेत रहेको थियो। नरेनले आफ्नो फिल्मको नाम सांगीतिक ब्यान्ड आस्थाबाट प्रेरित भएर राखेको जनाएका छन्।

लिम्बु स्वयंमले फिल्मको लागि कथा लेखेका हुन्। उनले सामाजिक सञ्जालमा आस्था आफ्नो 'ड्रिम प्रोजेक्ट' समेत रहेको समेत लेखे। फिल्ममार्फत नरेनसँगै गायक सुदिप गुरुङको पनि फिल्म डेब्यु हुनेछ।

फिल्ममा नरेनको बहिनीको रुपमा थिएटर कलाकार कुशुम गुरुङ मिस युके नेपाल २०१७ सिर्जना गुरुङको पनि अभिनय रहने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell