PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल



पहिलोपोस्ट

प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौंः मन्त्रि परिषद् विस्तार र पार्टी एकता प्रक्रियाबारे नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज भेटवार्ता भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता जारी रहेको छ। बैठकलगत्तै दुई दलको संगठन तथा राजनीतिसम्बन्धी कार्यदलको बैठक बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। 

कूल दलले कुन कुन र कति मन्त्रालय लिने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ। दुर्इ नेताबीच भागबन्डामा सहमति भए आजै मन्त्रिपरिषद् विस्तार हुनेछ। 

यही फागुन ३ गते नयाँ सरकार गठन भएपनि हाल मन्त्रि परिषद्मा प्रधानमन्त्रीबाहेक एमालेका दुई सदस्यमात्र छन्। माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाले मूर्तरुप लिएपछि आफू सरकारमा जाने भनेपछि यही फागुन ७ गते पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारमा सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell