PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

वर्ल्डकप क्वालिफायरः ह्याट्रिक गर्ने जिम्बावेदेखि टेष्ट मान्यताप्राप्त चार टोली, कस्तो रहला नेपालको यात्रा?



गोविन्दराज नेपाल

वर्ल्डकप क्वालिफायरः ह्याट्रिक गर्ने जिम्बावेदेखि टेष्ट मान्यताप्राप्त चार टोली, कस्तो रहला नेपालको यात्रा?

काठमाडौंः आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अर्को महिना जिम्बावेमा सुरु हुँदैछ। मार्च ४ देखि २५ तारिखसम्म सञ्चालन हुने क्वालिफायरमा आयोजक जिम्बावेसँगै कूल १० टोली प्रतिस्पर्धा गर्दैछन्। जसमध्ये फाइनल पुग्ने दुई टोली सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्डकपमा छनोट हुनेछ।

यो वर्ल्डकप क्वालिफायरको ११औँ संस्करण हो। जसमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए'मा वेष्ट इन्डिज (दुई पटकको वर्ल्डकप च्याम्पियन), आयरल्याण्ड, नेदरल्याण्ड्स, पपुवा न्यूगिनी र युएई तथा समूह बी मा जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड, हङकङ र नेपाल छन्।

सन् २०१७ सेप्टेम्बरको आइसीसी वरीयता अनुसार नवौँदेखि १२औँ स्थानसम्म रहेका टोलीले पनि क्वालिफायर खेल्नु पर्ने भएको हो। जसअन्तर्गत टेष्ट मान्यता प्राप्त टोलीहरु वेष्ट इन्डिज, अफगानिस्तान, जिम्बावे र आयरल्याण्ड छन्। यस्तै नेदरल्याण्ड्स, स्कटल्याण्ड, पपुवा न्यूगिनी र हङकङ आइसीसी वर्ल्ड क्रिकेट लिगको शीर्ष चारमा रहँदै क्वालिफायरमा छनोट भएका हुन्। युएई र नेपाल डिभिजन टू'को विजेता र उपविजेता बन्दै क्वालिफायरमा छनोट भएका हुन्।

अहिलेसम्म भएका ११ वान डे वर्ल्डकप मध्ये १० पटक वर्ल्डकप क्वालिफायर टुर्नामेन्ट भएको छ। जसमा जिम्बावे सर्वाधिक ३ पटक च्याम्पियन भएको छ। यस्तै, स्कटल्याण्डले २ तथा नेदरल्याण्ड्स, आयरल्याण्ड, बंगलादेश, श्रीलंका र युएईले समान १-१ पटक क्वालिफायरको उपाधि जितेका छन्।

सन् १९७५ को पहिलो वर्ल्डकपका लागि मात्र क्वालिफायर भएको थिएन। उक्त वर्ल्डकपमा कूल ८ राष्ट्रले सहभागिता जनाएका थिए। सन् १९७५ र १९७९ मा लगातार दुई पटक वर्ल्डकप च्याम्पियन बनेको वेष्ट इन्डिज पहिलोपटक क्वालिफायर खेल्दैछ।

सन् १९७९ मा भएको पहिलो क्वालिफायरको उपाधि श्रीलंकाले जितेको थियो। त्यसपछि १९८२, १९८६ र १९९० मा लगातार तीन पटक जिम्बावेले उपाधि जित्दै वर्ल्डकप खेल्यो।

यसैगरी १९९४ मा युएई, १९९७ मा बंगलादेश, २००१ मा नेदरल्याण्ड, २००५ मा स्कटल्याण्ड, २००९ मा आयरल्याण्ड तथा पछिल्लोपटक सन् २०१४ मा स्कटल्याण्ड च्याम्पियन बनेको थियो।

यसपटक सहभागी १० मध्ये पाँच पूर्व विजेता टोली छन्। यस्तै नेदरल्याण्ड्स र पपुवा न्यूगिनीमात्र अहिलेसम्म सबै वर्ल्डकप क्वालिफायर खेल्ने टिम हुन्।

नेपालले भने लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक वर्ल्डकप क्वालिफायर खेल्न लागेको हो। २००५ सम्म आइसीसी ट्रफीको नामबाट भएको यस प्रतियोगिता सन् २००९ र २०१४ मा भने आइसीसी क्रिकेट वर्ल्ड कप क्वालिफायरको नामबाट भएको थियो।

 

कुन वर्ष कति टिम क्वालिफाई?

१९७९ : श्रीलंका

१९८२ : जिम्बावे

१९८६ : जिम्बावे

१९९० : जिम्बावे

१९९४ : युएई, केन्या, नेदरल्याण्ड्स

१९९७ : बंगलादेश, केन्या, स्कटल्याण्ड

२००१ : नेदरल्याण्ड्स, नामिबिया, क्यानडा

२००५ : स्कटल्याण्ड, आयरल्याण्ड, क्यानडा, बर्मुडा, नेदरल्याण्ड्स

२००९ : आयरल्याण्ड, क्यानडा, नेदरल्याण्ड, केन्या

२०१४ : स्कटल्याण्ड, युएई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell