PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चार दिनमा रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा ३१४ सर्वसाधारण मारिए



पहिलोपोस्ट

चार दिनमा रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा ३१४ सर्वसाधारण मारिए

आर्बिनः दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी ३१४ जना सर्वसाधारण मारिएका छन्। 

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार ७२ जना बालबालिकाको मृत्यु भएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले यस घटनालार्इ सात बर्ष देखि सिरियामा जारी द्वन्द्वको क्रममा भएको रक्तपातपूर्ण कारबाहीको संज्ञा दिएको छ।

सैन्य अाक्रमणमा परी एक हजार ७०० बढी सर्वसाधरण नागरिक घाइते भएको बताइएको छ। केही घाइतेहरूको अवस्था गम्भिर रहेको भन्दै मृतकको संख्य अझै बढ्न सक्ने जनाइएको छ।

अाक्रमण भएको क्षेत्रमा भोकमरी र अभाव समेत फैलिएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले सो क्षेत्रमा तत्काल राहत सामग्री वितरण नगरिए हवार्इ अाक्रमणबाट बाँचेकाहरू भोकमरीले मर्न सक्ने जनाएको छ। 

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ। 

गुटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो। त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले प्रयास जारी रहेको र यसमा रुसको पनि सहयोग रहेको छ।

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो। सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो। 

जारी द्वन्द्वमा परी हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन्। त्यसैगरी लाखौं घाइते भएका छन भने, लाखौं घरबार बिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell