PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सरकारमा सहभागी हुनेबारे एमालेसँग फोरमको वार्ता : शर्त संविधान संशोधन



पहिलोपोस्ट

सरकारमा सहभागी हुनेबारे एमालेसँग फोरमको वार्ता : शर्त संविधान संशोधन

काठमाडौं : सरकारमा सहभागी हुने विषयलाई लिएर संघीय समाजवादी फोरम र नेकपा एमालेका नेताबीच छलफल सुरु भएको छ। आज एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा फोरमका नेताहरुले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनका लागि संविधान संशोधनको शर्त अघि सारेका छन्।

'प्रारम्भिक छलफल भयो, हामीले संविधान संशोधनको विषय अगाडि सार्‍यौं,' छलफलपछि संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले भने, 'उहाँहरुले प्रारम्भिक छलफलमा सकारात्मक कुरा गर्नु भएको छ।'

छलफलमा नेकपा एमालेका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली लगायतका नेता सहभागी थिए भने संघीय समाजवादीका तर्फबाट अशोक राई, राजेन्द्र श्रेष्ठ, राम साह यादव लगायतका नेता सहभागी थिए।

'छलफल सकारात्मक भयो। हामीले तपाईँहरुको बहुमत छ संविधान संशोधन गर्नुपर्छ भन्यौं,' साहले भने, 'उहाँहरु सकारात्मक देखिनुभएको छ।'

बैठकले आज भएको छलफल दुवै पार्टीका अध्यक्षलाई ब्रिफ गर्ने र त्यसपछि वार्ता प्रकृया अघि बढाउने सहमति गरेको छ। आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन गर्ने विषयमा एमालेका नेताहरु सकारात्मक देखिएको फोरमका नेताहरुले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell