PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रपति भण्डारी विरुद्ध कानुनी कदम चाल्ने कांग्रेस भ्रातृ संगठनहरुको चेतावनी



पहिलोपोस्ट

राष्ट्रपति भण्डारी विरुद्ध कानुनी कदम चाल्ने कांग्रेस भ्रातृ संगठनहरुको चेतावनी

काठमाडौं : नेपाली कांग्रेसका भातृ संगठनहरुले आज साझा वक्तव्य जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीको कडा आलोचना गरेका छन्।

उनीहरुले देउवा सरकारको निर्णयलाई कार्यान्वयन गर्न माग गरेका छन्।  'अन्यथा राजनीतिक, कानुनी र सबै प्रकारका कदम चाल्न बाध्य' हुने चेतावनीसमेत उनीहरुले दिएका छन्। आज मध्याह्न प्रेस युनियनमा पत्रकार सम्मेलन गर्दै उनीहरुले राष्ट्रपति भण्डारीले सरकारपिच्छे फरक व्यवहार गरेकोमा आपत्ति जनाएका हुन्।

पूर्ववत सरकारले राष्ट्रिय सभामा सिफारिस गरेका तीन जना व्यक्तिलाई अस्वीकृत गरेकोमा आपत्ति जनाउँदै भ्रातृ संगठनहरुले साझा वक्तव्य जारी गरेका हुन्। 

नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ, नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल प्रेस युनियनले साझा विज्ञप्ति जारी गर्दै भनेका छन् – 'देउवा सरकारको दायित्व अनुरुप एक महिला सहित ३ जना राष्ट्रिय सभाका लागि मन्त्रिपरिषदबाट सिफारिस गरी राष्ट्रपतिकोमा स्वीकृतिका लागि पठाएको अवस्थामा संविधानको धारा ६६ को उपधारा २ ले गरेको प्रस्ट व्यवस्था अनुरुप स्वीकृत गर्नुपर्नेमा तर आफ्नो आलंकारिक भूमिकामा रहनुपर्ने सम्माननीय राष्ट्रपतिज्यूले आफ्नो भूमिकालाई वेवास्ता गर्दै सरकार पिच्छे फरक फरक व्यवहार गर्न खोज्नुलाई राष्ट्रपतिज्यूले सक्रिय भूमिकातर्फ उन्मुख हुन खोजेको प्रतीत हुन्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell