PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नारायणी अस्पतालले शिशु साटेको भन्दै आन्दोलन



राधेश्याम पटेल

नारायणी अस्पतालले शिशु साटेको भन्दै आन्दोलन

वीरगंजः नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा दुईवटा शिशु साटिएको घटना बाहिरिएको छ। अस्पतालका नर्सले दुई सुत्केरीका दुई शिशु साटेको सुत्केरीका परिवारजनले आरोप लगाए। 

अस्पतालका स्वास्थयकर्मीले दुईवटा शिशु साटिँदा नारायाणी अस्पताल मंगलबार दिनभर तनावग्रस्त बन्यो।

बारा, परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी टोलका सुरज साहकी श्रीमती रीना देवीले जीवितै छोरा जन्माएपनि मृत छोरा दिएको आरोप छ भने अर्को वीरगंज–२२ मनियारीका सञ्जय पटेलकी श्रीमती सुनिता देवीकी छोरा जन्मे पनि साटेर अस्पतालका नर्सहरुले छोरी दिएर आरोप छ।

बहुअरीकी रीनाले गत शुक्रबार राति अस्पताल भर्ना भइ शनिबार बिहान जीवित छोरा जन्माएको दाबी गरेकी छन् भने मनियारीकी सुनिता देवीले आज जन्माएको छोरा साटेको उनको आफन्तजनले आरोप लगाएका छन्। सुनितालाई प्रसव पीडाले च्यापेपछि उनलाई अस्पताल ल्याउँदै गर्दा रामगढावास्थित बजरंग हल नजिक बाटौमै बच्चा जन्मियो। घरपरिवारले सुत्केरी र बच्चालाई सालनालसँगै मंगलबार विहान ८ बजे पु¥याएका थिए।

बच्चा जन्मिदा छोरा जन्मेको देखाका थियौं, अस्पतालमा भर्ना भएको आधाघण्टापछि बच्चाको सालनाल काटेर हेर्दा छोरी थियो,’ सुनिताका आफन्त शम्भु मिश्राले भने।

बच्चा साटिएकै घटनालाई लिएर दुबै सुत्केरीका आफन्तजनले मंगलवार ११ बजे पछि अस्पतालको मुल गेटमा टायर बालेर प्रदर्शन गर्नुको साथै आधाघण्टा जति प्रशासन भवनमा तालाबन्दी गर्दै स्वास्थयकर्मीलाई थुनेका थिए। दिउँसो २ बजे पछि स्थानीय प्रशासनले बल प्रयोग गरी स्थिति सामान्य बनाएको छ। प्रदर्शन र तालाबन्दीले माहोल उग्र बनेपछि पर्सा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिइ वार्ताको लागि वातावरण मिलाएको थियो।

वार्तामा पर्साका एसपी डा।गणेश रेग्मीले बच्चा साटिएको घटनालाई लिएर उत्पन्न तनावलाई साम्य पार्न अस्पतालको सिसिटिभी फुटेज हेर्ने तथा डिएनए चेकजाँच गराई घटनाको वास्तविकता बाहिर ल्याउने कार्य भइरहको बताए। 

उनले दोषी भेटिने जो कसैलाई पनि कारबाई गर्ने जानकारी दिए। उता, अस्पतालका मेसु डा। एनामुल हकले घटनालाई सुनियोजित बनाइएको आरोप लगाएका छन्। ‘यो परिवारजनको शंका मात्र हो, हामीले नर्स तथा डाक्टरहरुसँग बयान लिइ सक्यौं, सिसिटिभि फुटेज पनि हेरी सक्यौं, बच्चा साटिएको छैन्,’ मेसु हकले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell