PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'मुख छोपी' भिडियोमा जुना र किरण भुजेल



पहिलोपोस्ट

'मुख छोपी' भिडियोमा जुना र किरण भुजेल

काठमाडौं: गायक किरण भुजेल तथा गायिका जुनु राईको गीत ‘मुख छोपी’ सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो।

अनिल शाहीद्वारा संगीतबद्ध उक्त गीतमा शब्दहरु सुवोध सुधाकर रिजालले दिएका हुन्। गीतमा अनिल शाहीकै संगीत संयोजन छ।

मोहनराज अधिकारीले निर्देशन गरेको गीतको भिडियो गायक किरण भुजेल आफैंले अभिनय गरेका छन्। भिडियोमा उनलाई जुना सुन्दासले साथ दिएकी छिन्। अमृत सुनुवारद्वारा छायांकन गरिएको उक्त भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell