PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मलाय सबटाइटलसहित मलेसियामा फिल्म 'साढे सात'



पहिलोपोस्ट

मलाय सबटाइटलसहित मलेसियामा फिल्म 'साढे सात'

काठमाडौं: फिल्म 'साढे सात' मलेसियामा पनि प्रदर्शन हुने भएको छ। मलेसियामा मलाय भाषाको सबटाइटलसहित फिल्म सार्वजनिक हुने जानकारी दिइएको हो।

फिल्मका निर्माता नरेशदेव पन्तका अनुसार मलेसियामा ७०० सिनेमा हल छन्। उनले भने,'यसरी हाम्रो फिल्म प्रदर्शनको लागि माग गरिनु व्यवसायिक पाटोमा राहत मिल्नु हो।' उनका अनुसार फिल्म साढै सातको ट्रेलर हेरेर मलेसियाका फिल्म विक्रेताले फिल्मको मलेसिया राइट्स किनेको हो।

फिल्ममा सत्यराज आचार्यको प्रमुख भूमिका रहेको छ। उनी फोटो पत्रकारको रुपमा देखिएका छन्। साथै अन्य कलाकार मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चोरासिया र सुप्रिया कट्वालको पनि मुख्य अभिनय रहेको छ। फिल्मलाई सत्यराज आचार्य, स्वरुपराज आचार्य, सुनिल थापा, साम्तेन भुटिया, नरेशदेव पन्त र डिजे सन्तोषले संयुक्त लगानीमा निर्माण गरेका हुन्।

फिल्ममा पटकथा र सम्पादन निर्देशक समेत रहेका साम्तेन भुटियाको रहेको छ। यो फिल्मीलाई अनिश तामाङले खिचेका हुन्। संगीत भने सत्य स्वरुपले दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell