PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मिस सेन्ट्रलको पहिलो संस्करण हेटौंडामा हुँदै



पहिलोपोस्ट

मिस सेन्ट्रलको पहिलो संस्करण हेटौंडामा हुँदै

काठमाडौं: सौन्दर्य प्रतियोगिता 'मिस सेन्ट्रल' आयोजना हुने भएको छ। प्रतियोगिताको पहिलो संस्करण हेटौंडामा हुने भएको हो।

मध्यमाञ्चल स्तरिय यस प्रतियोगितालाई नेपाल डायरिजले आयोजना गर्न लगेको हो। काठमाडौंका ५, हेटौंडाका १३ र चितवनका ४ गरी २२ जना अन्तिम प्रतियोगी रहको कार्यक्रमको फिनाले चैत ५ गते हुने बताइएको छ।

हाल सहभागी प्रशिक्षण कक्षामा रहेका छन्। कार्यक्रम संयोजक सोफिया फागोले दिएको जानकारी अनुसार प्रतियोगितामा विजयी हुनेले ताज, स्कुटर र स्वदेश भ्रमण प्याकेज प्राप्त गर्नेछन्। त्यस्तै दोस्रो र तेस्रो हुनेलाई ताज र स्वदेश भ्रमण प्याकेज रहेको छ।

अन्य १२ विधामा पुरस्कार वतरण गरिनेछ। कार्यक्रममा नेपाल किड्नी फाउन्डेसनले सहकार्य गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell