PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिल्म ‘मिस्टर भर्जिन’को पहिलो गीत सार्वजनिक



पहिलोपोस्ट

फिल्म ‘मिस्टर भर्जिन’को पहिलो गीत सार्वजनिक

काठमाडौं: फिल्म ‘मिस्टर भर्जिन’को पहिलो गीत रिलिज भएको छ। 'टुल्की' बोलको गीतको अडियो मात्र सार्वजनिक भएको हो। उक्त अडियोमा सुरज पण्डितको स्वर,शब्द र संगीत रहेको छ।

वर्ल्ड वाइड फिल्मस्को ब्यानरमा निर्मित फिल्म ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेतले निर्देशन गरेका हुन्। फिल्ममा गौरब पहारी, बिजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ।

महेश दवाडीको कथा र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा भन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell