PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'टप मोडल वर्ल्डवाईड २०१८'मा नेपाल प्रतिनिधि निशान



पहिलोपोस्ट

'टप मोडल वर्ल्डवाईड २०१८'मा नेपाल प्रतिनिधि निशान

काठमाडौं: 'टप मोडल वर्ल्डवाईड २०१८'मा नेपालको प्रतिनिधित्व निशान चौहानले गर्ने भएका छन्। लण्डनमा हुने उक्त प्रतियोगिताका लागि 'म्यानहन्ट नेपाल २०१६'का मिस्टर पर्सनालिटी तथा 'टप मोडल नेपाल २०१८' विजेता निशान चौहानले अन्य देशका युवासँग प्रतिस्पर्धा गर्नेछन्।  

आउँदो एप्रिल ३ मा हुने पुरुष विशेष सौन्दर्य प्रतियोगितामा संसारभरका ४० मोडलहरु सहभागी हुँदैछन्। निशानले भने,'लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउनुमा खुशी छु। त्यसमाथि मैले मेरो देश नेपालको प्रतिनिधित्व गर्दैछु जुन मेरो लागि गर्वको विषय हो।' उनले आफूलाई सबैको साथ र सहयोगको आवश्यकता रहेको समेत बताए।

'टप मोडल वर्ल्डवाईड'मा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो। प्रतियोगिताको यो संस्करणमा सहभागीले पाएको भोटबाट संकलित रकमको केही प्रतिशत क्यान्सर पिडित बालबालिकाको लागि खर्च हुने जानकारी समेत दिइयो।

उक्त कार्यक्रममा 'टप मोडल वर्ल्डवाईड'की नेपाल र भारतकी निर्देशक रजनी सुब्बा, म्यानहन्ट नेपालका सिईओ अनुप सक्सेना, कलर्स मोबाइलकी असिस्टेन्ट मार्केटिङ्ग म्यानेजर निरु धौगोडा, डाबर नेपालकी मिडिया म्यानेजर गीता खड्का श्रेष्ठ लगायतको उपस्थिती थियो । कार्यक्रममा बोल्दै 'टप मोडल वर्ल्डवाईड'की नेपाल र भारतकी निर्देशक सुब्बाले उक्त प्रतिष्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्न लागेकोमा बधाई ज्ञापन गरिन् । म्यानहन्ट नेपालका सिईओ सक्सेनाले 'म्यानहन्ट नेपाल २०१६'का मिस्टर पर्सनालिटी निशानलाई टप मोडलले बिश्वास गरेर प्रतियोगितामा सहभागि गराएकोमा 'टप मोडल वर्ल्डवाईड'लाई धन्यवाद व्यक्त गरे । 

सन् २०१६ बाट मोडलिङ सुरु गरेका २९ वर्षीय निशान चौहानले निशानले नेपाली फिल्म 'पर्व'मा समेत अभिनय गरेका छन्। उनले कलर्स मोबाईल, डाबर नेपाल, एसआर स्टील तथा यूएसएड नेपालको परिवार योजनाको विज्ञापन लगायत अन्य थुप्रै टेलिभिजन विज्ञापनमा समेत अभिनय गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell