PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

फागुन ७ को सम्झना : हेर्नुस् राजा त्रिभुवन भारत भाग्दाका दुर्लभ दृश्य



फागुन ७ को सम्झना : हेर्नुस् राजा त्रिभुवन भारत भाग्दाका दुर्लभ दृश्य

काठमाडौँ : २००७ साल कात्तिक २२ गतेका दिन राजा त्रिभुवन आफ्नो परिवारसहित भागेर काठमाडौँको भारतीय दूतावासमा शरण लिन पुगेका थिए। त्यहाँबाट भारतकै पहलमा उनलाई विमानबाट दिल्ली पुर्‍याइएको थियो।  नेपालका राजा झण्डै साढे तीन महिना भारतमा शरणार्थीका रुपमा बस्नु परेको थियो। 

नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्तिको बलमा धेरै भूभाग कब्जा गरिसकेपछि राणा सरकार, कांग्रेस र राजाबीच भारतको मध्यस्थतामा त्रिपक्षीय सहमति भएपछि बल्ल फागुन ४ गते त्रिभुवन नेपाल फर्किएका थिए। उनले फागुन ७ गते शाही घोषणाबाट प्रजातन्त्र स्थापना भएको उद्घोष गरेका थिए।

राजा दूतावास पुगेको दृश्य अहिलेसम्म सार्वजनिक नभए पनि उनलाई भारतले विमानबाट दिल्ली पुर्‍याउँदा र उनी नेपाल फर्कन लाग्दाका दुर्लभ दृश्य सार्वजनिक भएको छ। 

राजा आफ्नै देशमा शरणार्थी भएको यो समाचारलाई त्यतिबेलाको बेलायती मिडियाले यसरी सनसनीपूर्ण प्रस्तुत गरेको थियो -


नेपाली भावानुवाद : हवाई मार्ग हुँदै काठमाडौँबाट आएका छन् आफ्नै देशमा शरणार्थी भएका गोर्खाका राजा ।  नयाँ दिल्लीको पालाम विमानस्थलमा राजा त्रिभुवनलाई भारतीय प्रधानमन्त्री पन्डित नेहरुले स्वागत गरे। नेपालमा राजासँग कुनै शक्ति छैन। उनले राज्यको मामिलामा केही कुरा बोल्ने बित्तिकै उनलाई बन्दी जस्तै बनाइएको थियो। दुई श्रीमति र परिवारसहित भागेका उनले भारतीय दूतावासमा शरण लिएका थिए। त्यहाँबाट नेहरुको पहलमा उनीहरुलाई भारत उडाइएको थियो। अहिले भारतीय सेनाको गोर्खा राइफल्सका सैनिकहरु आफ्ना राजालाई सलामी दिँदैछन्।  नेपाल एउटा अनौठो र झण्डै मध्ययुगीन देश हो। यो भूमिमा शासन शक्तिशाली राणा परिवारले गरिरहेका छन्। अहिले गोर्खाको देश गृहयुद्धमा फँसेको छ र उनीहरुको राजा विदेशी भूमिमा शरणार्थी भएका छन्। 

टिभी पत्रकारिताको विकास भइनसकेको अवस्थामा सन् १९१० देखि १९७० सम्मका विभिन्न ऐतिहासिक महत्त्वका घटनाक्रमलाई बेलायतको ब्रिटिस प्याथेले न्युजरिल, सिनेम्यागेजिन र डकुमेन्ट्रीका रुपमा कभर गरेको थियो। न्युजरिलहरु सिनेमा हलमा देखाइन्थे। सन् १९२८ सम्म त यस्ता न्युजरिलमा आवाज पनि हुन्थेन। यो भिडियो यही संस्थाले सार्वजनिक गरेको हो। 


परिवारसहित नेपालका राजा बोकेको विमान भारतको दिल्लीस्थित पालम विमानस्थलमा अवतरण गर्दै।


भारतको दिल्लीस्थित पालम विमानस्थल।


राजा त्रिभुवन विमानबाट ओर्लँदै।


नेपालका राजालाई स्वागत गर्दै भारतीय प्रधानमन्त्री नेहरु।


शरण माग्ने नेपालका राजा त्रिभुवन र शरण दिने भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु।


राजा त्रिभुवन नेपालबाट जहाज चढेर भारतको दिल्लीस्थित पालम विमानस्थलमा।


भारतीय प्रधानमन्त्री नेहरु नेपालका राजालाई ब्रिटिस सर्भिस चिफसित परिचय गराउँदै।


राजा त्रिभुवनसँगै भागेर आएका दुई रानी कान्ति र ईश्वरी। साथमा साथमा छोरीहरु त्रैलोक्य राज्यलक्ष्मीदेवी, नलिनी राज्यलक्ष्मीदेवी, विजया राज्यलक्ष्मीदेवी र भारती राज्यलक्ष्मीदेवी।


नेपाली राजपरिवारको महिला सदस्यलाई स्वागत गर्दै भारतीय प्रधानमन्त्री नेहरुकी पुत्री इन्दिरा गान्धी।


राजा त्रिभुवनसँगै भागेर आएका दुई रानी कान्ति र ईश्वरी। साथमा साथमा छोरीहरु त्रैलोक्य राज्यलक्ष्मीदेवी, नलिनी राज्यलक्ष्मीदेवी, विजया राज्यलक्ष्मीदेवी र भारती राज्यलक्ष्मीदेवी।


शरण माग्ने नेपालका राजा त्रिभुवन र शरण दिने भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु।


राजा त्रिभुवन भारतीय सेनाको गोर्खा राइफल्सले दिएको सलामी स्वीकार गर्दै।


त्रिभुवनका छोरा महेन्द्र, धिरेन्द्र र बसुन्धरा पनि नेपालबाट भागेर भारत आएका थिए। महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र (तत्कालीन राजाका नाति) मात्रै नेपालमा थिए। राणाहरुले उनैलाई सिंहासनमा राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell