PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'बाफ्टा अवार्ड २०१८' सम्पन्न, थ्री बिलबोर्ड्स पुन: ठहरियो उत्कृष्ट



पहिलोपोस्ट

'बाफ्टा अवार्ड २०१८' सम्पन्न, थ्री बिलबोर्ड्स पुन: ठहरियो उत्कृष्ट

ब्रिटिस फिल्म एकेडेमी अवार्ड २०१८ आइतबार राती सम्पन्न भएको छ। बाफ्टा अवार्डको ७१ औं संस्करणमा फिल्म 'थ्री बिलबोर्ड्स आउटसाइड एबिङ' उत्कृष्ट घोषित भयो। फिल्मले सर्वाधिक पाँच अवार्ड हात पारेको हो।

उत्कृष्ट फिल्मसँगै उत्कृष्ट ब्रिटिस फिल्म, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट सहअभिनेताको उपाधी आफ्नो पक्षमा पार्‍यो। मार्टिन म्याकडोनाग निर्देशित फिल्ममा फ्रान्सेस म्याक डोरम्यान्डले अभिनेत्री र साम रकवेलले सह अभिनेताको भूमिका निर्वाह गरेका छन्।

फिल्म 'थ्री बिलबोर्ड्स आउटसाइट एबिङ: मिसौरी' यो वर्षको स्क्रिन एक्टर्स गिल्ड अवार्डको पनि शीर्ष विजेता हो। उक्त अवार्डमा पनि फिल्मले उत्कृष्ट अभिनेतत्री र सह अभिनेता गरी तीन अवार्ड जितेको थियो।

यस्तो छ बाफ्टा अवार्डको विजेता सूची:

उत्कृष्ट फिल्म: थ्री बिलबोर्ड्स आउटसाइट एबिङ: मिसौरी

उत्कृष्ट निर्देशक: गुइलेर्मो देल तोरो (द सेप अफ वाटर)

उत्कृष्ट पटकथा: थ्री बिलबोर्ड्स आउटसाइट एबिङ

उत्कृष्ट अभिनेता: ग्यारी ओल्डम्यान

उत्कृष्ट अभिनेत्री: फ्रान्सेस म्याक डोरम्यान्ड

उत्कृष्ट सह अभिनेता: साम रकवेल
उत्कृष्ट सह अभिनेत्री: एलिसन ज्यानी

उत्कृष्ट विदेशी भाषी फिल्म: द ह्यान्ड माइडेन

उत्कृष्ट ब्रिटिस सर्ट फिल्म: काउ ब्वाइ डेभ

उत्कृष्ट डकुमेन्ट्री: आइ एम नट योर निग्रो  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell