PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'कान्छी'को सेलिव्रेटी सो, यस्तो रह्यो उपस्थिति



पहिलोपोस्ट

'कान्छी'को सेलिव्रेटी सो, यस्तो रह्यो उपस्थिति

काठमाडौं: प्रदर्शनरत फिल्म 'कान्छी'को रेड कार्पेटसहित सेलिव्रेटी सो सम्पन्न भयो। आइतबार कुमारी हलमा आयोजना गरिएको कार्यक्रममा कलाकारदेखि अन्य क्षेत्रका  मह जोडी, निर्देशक दिपाश्री निरौला र माओवादी केन्द्रका नेता तथा पुर्व मन्त्री गृह मन्त्री अग्नि सापकोटा लगायतको उपस्थिति रहेको थियो।

फिल्म बारे अभिनेता हरिवंश आचार्यले भने,'श्वेताले मुटु निचोर्नु भएको छ। कलाकारको अभिनय, गीत संगीत, निर्देशकिय र छायाँकन पक्ष सबै राम्रो छ।' 

निर्देशक दिपाश्री निरौलाले श्वेताको कमब्याकलाई सार्थक बनेको बताइन्। भनिन्,'श्वेताको यो हिम्मत र साहसलाई हामी सबैले स्वागत गर्नुपर्छ।'

माओवादी केन्द्रका नेता सापकोटाले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए। फिल्मको कथावस्तु र अभिनय राम्रो भएको सापकोटाले बताए।

आकाश अधिकारी निर्देशित फिल्म कान्छी मा श्वेता कान्छीको शिर्ष भूमिकामा प्रस्तुत भएकी छन् भने अभिनेता दयाहाङ राई, नीर शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा, विनोद न्यौपाने, प्रज्वल सुजल गिरी, अनु शाह, भूमिका श्रेष्ठ लगायत कलाकारहरुको अभिनय छ। 

पुरुषोत्तम प्रधानको छायाँकन रहेको कान्छीमा राजनराज सिवाकोटी, अर्जुन पोखरेल र शम्भूजित बाँस्कोटाको संगीत छ। गीतमा वरिष्ठ नृत्य निर्देशक बसन्त श्रेष्ठले निर्देशन गरेका छन्। कान्छीको स्क्रिप्ट याम थापाको हो। 





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell