PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुर्घटनामा खैरहनी नगरपालिकाका वडाध्यक्ष बस्नेतको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा खैरहनी नगरपालिकाका वडाध्यक्ष बस्नेतको मृत्यु

चितवनः पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आइतबार साँझ सवारी दुर्घटना हुँदा खैरहनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ।

दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनकारीअनुसार पूर्वबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नं को तरकारी बोकेको पिकअप भ्यानले टाँडीबजारबाट पूर्वतर्फ जाँदै गरेको नगरपालिकाको बा २ झ १३४४ नंको गाडीलाई ठक्कर दिएको हो।

घटनामा गम्भीर घाइते भएका बस्नेतको चितवन मेडिकल कलेजमा उपचारका क्रममा साँझ ८ः५० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेद्वयको सोही मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुई गाडी एकापसमा ठोक्किएपछि सोही सडकमा गुडिरहेको बा ४ ख १७४८ नंको टिपर आफैँ अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।

घटनास्थलमा ठोक्किएर नगरपालिका–१ का ४५ वर्षीय साइकलयात्री रामबहादुर दराई घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell