PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भोटेकोशीमा गाडी खस्दा चालकसहित चार जनाको मृत्यु 



भोटेकोशीमा गाडी खस्दा चालकसहित चार जनाको मृत्यु 

काठमाडौँ : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ वोडर लाइनस्थित भोटेकोशी नदीमा आज गाडी खस्दा ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा गाडी चालक बाह्रबिसे नगरपालिका-८ मानेश्वराका ३५ वर्षिय शेखर अधिकारी,सोही ठाँउका ४० वर्षीय सुव्बा अधिकारी,२० वर्षीय कमल अधिकारी र २३ वर्षीय कुमार माझी रहेका छन्।

दुर्घटनामा परी चारै जनाको घटनास्थलमै मृत्यु भएको हो । आज बिहान ८ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा ४ ख २८१२ नम्बरको  गाडी नदीमा खसेको स्थानीय प्रहरीले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell