PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

अनिल शाह नबिल बैँकमा डेपुटी सिइओ नियुक्त



अनिल शाह नबिल बैँकमा डेपुटी सिइओ नियुक्त

काठमाडौं : नबिल बैंकको सञ्चालक समितिले अनिल शाहलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ। ३२ वर्ष लामो बैंकिङ करियरलाई विराम लगाउँदै प्रमुख कार्यकारी अधिकृतबाट शशिन जोशीले अवकाश लिएपछि शाह डेपुटी सिइओमा नियुक्त भएका हुन्। जोशी औपचारिक रुपमा भोलिबाट बिदा हुने छन्। यद्यपि उनी अवकाशअघि बिदामा बसेका छन्।
 
शाह  चार/चार  वर्षको दुई कार्यकाल पूरा गरेर मेगा बैंकबाट बाहिरिएका थिए। मेगामा हुँदै उनले सेञ्चुरी बैंकमा जानका लागि करार सम्झौता गरेका थिए। सम्झौतापछि तलब सुविधामा कुरा नमिलेको भन्दै बाहिरिएका शाह नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।
 
तर राष्ट्र बैंकले एक बैंकबाट अर्को बैंकमा जानका लागि प्रमुख कार्यकारीका लागि ६ महिनाको कुलिङ पिरियड अनिवार्य गरेपछि शाहको नियुक्ति नबिल बैंकले खारेज गरेको थियो। त्यसपछि नबिलले शाहलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा भित्र्याएको हो।
 
कुलिङ पिरियडका कारण शाह जेठपछि मात्र प्रमुख कार्यकारीका लागि योग्य हुने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell