PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नाच्यो मैच्याङ तिमी डम्फुको तालैमा: तीनकुनेमा सोनाम ल्होछारको रौनक १६ फोटोमा हेर्नुस

नाच्यो मैच्याङ तिमी डम्फुको तालैमा: तीनकुनेमा सोनाम ल्होछारको रौनक १६ फोटोमा हेर्नुस

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं : तामाङ समूदायले यसपटक आज सोनाम ल्होछार भव्यताका साथ मनाउँदैछन्। यसै अवसरमा काठमाडौंको तीनकुनेमा साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

सोनामको अर्थ कृषक भएको र कृषकहरुको पर्वको रुपमा यसलाई लिइन्छ। जाडो यामको समापन र वसन्त यामको आगमन हुने तथा किसानको खेतीपातीको समय शुरु भएको खुसीयालीमा यो पर्व मनाउने गरिन्छ।

यस पटक शेर्पा समूदायले मनाउने ग्याल्पो ल्होछार पनि आजै परेको छ। सरकारले आज सार्वजनिक बिदा दिएको छ।

आजको दिन तामाङ, शेर्पा र ह्योल्मो समुदायले घरघरमा तथा गुम्बाहरुका गएर पुजापाठ गर्ने, प्रसाद खाने, शुभकामना आदनप्रदान गर्ने, मीठा परिकार खाने तथा नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गर्छन्। 

तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ यस पर्वमा। आजदेखि ल्होछार मान्ने समुदायले चरा वर्षको विदाइ र कुकुर वर्षलाई स्वागत गरेका छन्।

हरेक वर्ष एउटा जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात् वर्ष फेरिने मान्यता अनुसार यो वर्ष चरा वर्षको बिदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिए। 


ट्रेन्डिङ पोस्ट

Ncell