PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ: मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। गएराति १३० बजे रोकिराखेको ना ६ ख ५२१६ नंको ट्रकमा बा ७३ प १८८२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिका घर भएका २१ वर्षीय सन्तोष कार्कीको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले तीव्र गतिमा आएको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जानकारी दिए। दुर्घटनामा पछाडि बस्ने नाम, थर नखुलेका एक युवा घाइते भएका छन्।

घाइतेको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मोटरसाइकल र ट्रक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell